कारोबार


ब्रिटिस कलेजमा बैंक अफ काठमाण्डू लिमिटेडको क्यूआर कोड सेवा

ब्रिटिस कलेजमा बैंक अफ काठमाण्डू लिमिटेडको क्यूआर कोड सेवा

नेपालखबर
असोज १, २०७८ शुक्रबार १४:४७, काठमाडौँ

बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो डिजिटल कारोबार विस्तारित गर्नेक्रममा ब्रिटिश कलेज, काठमाडौंमा डिजिटल भुक्तानी क्युआर कोड सेवा सञ्चालनमा ल्याएको छ। 

ब्रिटिश कलेजमा अध्ययनरत विद्यार्थी तथा अभिभावकहरुले मोबाइल बैंकिङ्गमार्फत यस बैंकको क्यूआर कोडको स्क्यान गरी आफ्नो कलेजको बिल सजिलै भुक्तानी गर्नसक्ने बैंकले जनाएको छ। 

डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने क्रममा बैंकले डिजिटल कारोबारको लागि रणनितीक महत्व भएका स्थानहरु छनौट गरी क्यूआर कोड सेवा सञ्चालनमा ल्याइरहेको छ। 

यसै क्रममा बैंकले पशुपतिनाथ मन्दिर परिसर, कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको व्यवस्थापन रहेको माछापोखरीमा अवस्थित तरकारी बजार, पूर्वी नेपाल यातायात, कंकाई माई पाथीभरा यातायात र सुपर जनसेवा यातायात समितिद्वारा सञ्चालित लामो तथा छोटो दूरीको बसहरु, खाद्य स्टोर तथा पसलहरु, होटल तथा रेस्टुरेन्टहरु, हस्पिटलहरु तथा अन्य महत्वपुर्ण स्थानमा क्यूआर कोड सेवा सञ्चालनमा ल्याइसकेको जनाएको छ। 

बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ८१ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सुविधा प्रदान गर्दै आइरहेको छ । 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad