ad ad

कारोबार


केयर गिभरमा इजरायल जानेको भाषा परीक्षा आज, ७ हजार ९ जना परीक्षार्थी (परीक्षा केन्द्रसहित)

केयर गिभरमा इजरायल जानेको भाषा परीक्षा आज, ७ हजार ९ जना परीक्षार्थी (परीक्षा केन्द्रसहित)

नेपालखबर
भदौ २८, २०७८ सोमबार ६:४२, काठमाडौँ

इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा रोजगारीका लागि जाने श्रमिक छनोट गर्न आज सोमबार भाषा परीक्षा हुँदै छ।

दिउँसो १ बजेबाट एक घण्टा हुने परीक्षामा ७ हजार ९ जना सहभागी हुन पाउने छन्। 

साउन १२ गतेदेखि ३२ गतेसम्म अनलाइन आवेदन लिइएका ९ हजार ६ सय ९९ जनामध्येबाट लिखित परीक्षामा सहभागी हुने उम्मेदवार छनाेट गरिएकाे हाे।

परीक्षा काठमाडौं उपत्यकाका विभिन्न परीक्षा केन्द्रमा सञ्चालन हुने वैदेशिक रोजगार विभागका प्रवक्ता तथा निर्देशक कमल ज्ञवालीले जानकारी दिए। 

परीक्षामा सहभागी हुनेलाई विभागले इमेलमा नै प्रवेश पत्र पठाइसकेको छ। यस्तै परीक्षा केन्द्र पनि इमेलबाटै जानकारी गराइसकेको निर्देशक ज्ञवालीले बताए।

परीक्षामा सहभागी हुन आफ्नो परिचय खुल्ने सक्कल कागजात र प्रवेशपत्र प्रिन्ट गरेर लैजानुपर्नेछ। 

हरेक कोठामा बढीमा २५ जना र एउटा बेन्चमा एकजनालाई मात्रै राखिने तथा स्वास्थ्य मापदण्ड पालना गरेर परीक्षा सञ्चालन गर्ने वैदेशिक रोजगार विभागले जनाएको छ। 

८० पूर्णाङ्कको परीक्षामा अंग्रेजी भाषामा ग्रामर र स्वास्थ्यसम्बन्धी प्रश्न सोधिनेछ। ४० वटा टिकमार्क प्रश्नको हरेक २ अंकका हुनेछन्।

लिखित परीक्षामा १६ सय ८० जना उत्तीर्ण हुनेछन्। परीक्षाको नतिजा दुई दिनभित्र सार्वजनिक हुने निर्देशक ज्ञवालीले बताए। प्रश्नपत्र चेकजाँच कम्प्युटर सिस्टमबाट गरिने भएकाले छिटो नतिजा सार्वजनिक हुने भएको हो। 

लिखित परीक्षाको नतिजा सार्वजनिक भएको १० दिनभित्र अन्तर्वार्ता र शारिरिक परीक्षण गर्ने विभागको तयारी छ। ​

लिखितमा जस्तै अंग्रेजी ग्रामर र स्वास्थ्य सम्बन्धि प्रश्न सोधिनेछ भने शारिरिक परीक्षणमा उचाइ, तौल नापिनेछ। इजरायल जाने श्रमिकको तौल कम्तीमा ४५ किलो र उचाइ १.५ मिटर हुनुपर्नेछ।

अन्तर्वार्ता र शारीरिक परीक्षणपछि विभागले १४ सय जना छनोट गरेर नेपालस्थित इजरायल दूतावासमा पठाउनेछ। दूतावासले चिट्ठा प्रक्रियाबाट एक हजार श्रीमक छनोट गरेर भिसाको प्रक्रिया सुरु गर्ने विभागले जनाएको छ। 

इजरायल जानका लागि ७ सय महिला र ३ सय जना पुरुष छनोट हुनेछन्। इजरायलले ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष लैजाने सम्झौता छ। 

आवेदन दिनेमा भने पुरुष धेरै छन्। ५ हजार ४ सय ९९ जना पुरुष र ४ हजार २ सय जना महिलाले आवेदन दिएका थिए।

इजरायल जाने श्रमिकले सरकारलाई एक लाख ६५ हजार रुपैयाँ बुझाउनु पर्नेछ। इजरायलमा सरकारले नै श्रमिक पठाउन लागेको हो। उनीहरुले इन्स्योरेन्स, भिसा, स्वास्थ्य जाँच, हवाई टिकटलगायतका खर्च आफैं बेहाेर्नुपर्नेछ। 

केयर गिभरमा जानेले हप्ताको ४२ घण्टा काम गर्नुपर्नेछ। नेपालीले पनि त्यहाँका नागरिकसरह नै सुविधा पाउनेछन्। 

इजरायलको वर्तमान तलब व्यवस्थाअनुसार एक लाख ८६ हजार रुपैयाँ (स्थानीय ५३ सय अथवा १६ सय अमेरिकन डलर) मासिक कमाइ हुनेछ।

यी हुन् परीक्षा केन्द्र :

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .