ad ad

कारोबार


आठ मोटरसाइकल कम्पनीले ल्याए पर्वलक्षित आकर्षक अफर, कुनको कस्तो?

आठ मोटरसाइकल कम्पनीले ल्याए पर्वलक्षित आकर्षक अफर, कुनको कस्तो?

नेपालखबर
भदौ २४, २०७८ बिहिबार १७:१३, काठमाडौँ

चार्डपर्व सुरु भएसँगै मोटर साइकल तथा स्कुटर बिक्रेताले आकर्षक अफर ल्याएका छन्। 

अटो व्यवसायीले दशैं तिहारलक्षित योजना धमाधम सार्वजनिक गरिरहेका हुन्। 

कोभिड महामारीको दोस्रो लहरले सुस्ताएको अटो बजारलाई चलायमान बनाउन स्किम ल्याएको व्यवसायीले बताएका छन्। 

गत वर्ष लकडाउन खुकुलो भएसँगै दुईपांग्रे अटो बजारमा रौनक आए पनि यो वर्ष अझै आएको छैन। 

‘गत वर्ष लकडाउन खुल्दाबित्तिकै दुई पांग्रे सवारीसाधनको बिक्री ह्वात्तै बढेको थियो’, यामाहाका डिलर तथा रिसिक अटो मोबाइलका सञ्चालक मिलन बहादुर मल्लले भने, ‘यो वर्ष अझै दुईपांग्रे सवारीसाधनको बिक्री बढेको छैन। अब चाडपर्व लक्षित अफरले बजार चलायमान बनाउला।’

दुईपांग्रे सवारी बिक्रेताले नगद छुट, बम्पर उपहार, लक्की ड्र, शून्य प्रतिशत ब्याजदरमा डाउनपेमेन्टलगायतका अफर ल्याएका छन्। 

‘हरेक वर्ष दशैँ तिहारको समयमा सवारीसाधनको बिक्री बढी हुन्छ’, मोटरहेडको आधिकारिक बिक्रेता एसएलआर टेक्नो एन्ड टेक्नो ट्रेड प्रालिका जनरल म्यानेजर उज्जल जोशीले भने, ‘चाड वर्ष सुरु भयो अब दुईपांग्रे व्यापार पनि बढ्दै जान्छ।’

जोशीले अधिकांश कम्पनीहरुले चाडपर्व लक्षित ‘स्किम’ ल्याएकाले बजारमा चहलपहल बढाउने बताए। 

अधिकांश कम्पनीले दशैं तिहार लक्षित अफर सार्वजनिक गरेका छन्। होन्डा हाल तीजको लागि स्किम ल्याएको छ। होन्डाका बाइक तथा स्कुटर खरिदमा ४ हजार ५ सय क्यासब्याक पाउनेछन्। 

बजाज
बजाज मोटरसाइकलको लागि नेपालको आधिकारिक विक्रेता हंशराज हुलासचन्द एण्ड कम्पनीले दशैं योजना सार्वजनिक गरेको छ । कम्पनीले ‘खुसीको तीन डोज’ फेस्टिभ स्किम ल्याएको हो।

ग्राहकले बजाजका मोटरसाइकल खरिद गर्दा तीन पटकसम्म नगद पुरस्कार जित्न सक्नेछन्।

तिहारसम्म चल्ने योजनामा बजाजका ग्रहाकले मोटरसाइकल खरिद गर्नुअघि नै १० हजारसम्म नगद छुट प्राप्त गर्नेछन्। त्यस्तै खरिद गर्ने क्रममा नै १ लाखसम्म नगद र खरिद गरेपश्चात बम्पर उपहारस्वरुप १० लाखसम्म जित्न सक्ने छन् ।

हरेक महिनाको अन्त्यमा लक्की ड्रमार्फत १ ग्राहकले १० लाख रुपैयाँ जित्न सक्ने कम्पनीले उल्लेख गरेको छ।   


यामाहा
यामाहा मोटर साइकल तथा स्कुटरहरुको आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले ‘रेस फर द एस अफर’ सुरु गरेको छ। 

योजनाअन्तर्गत उपभोक्ताहरुले यामाहा खरिद गर्दा तत्कालै ‘स्योर सट’ उपहारमा आठ हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्मको नगद पुरस्कार छुट प्राप्त गर्न सक्नेछन्। 

लक्की ड्रमा हरेक हप्ता एक जनाले ४ तोला सुनको एक्का तास जित्नेछन्।   त्यस्तै बम्पर पुरस्कार विजेताले १२ तोला सुनको एक्का तास जितेर रेस फर द एसको सर्वाधिक भाग्यशाली विजेत बन्न सकने कम्पनीले जनाएको छ। 


 
हिरो  
नेपालको लागि हिरो मोटर साइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङ्ग प्रालिले दशैंको बेला हिरोको मेला अफर ल्याएको छ।

कम्पनीका अनुसार योजना अन्तर्गत मोटरसाइकल तथा स्कुटर खरिदमा ६ हजार पक्का डिस्काउन्ट, स्क्रयाच कार्डमार्फत १ लाखसम्म पाउन सक्ने र बम्पर लक्की ड्रमार्फत एक जनाले १ लाख नगद पाउनेछन्। 

त्यस्तै सबै हिरो मोटरसाइकल र स्कुटरमा शून्य प्रतिशत ब्याजदरमा ५० प्रतिशत ऋण सुविधा रहेको कम्पनीले जनाएको छ।

मोटरहेड
नेपालका लागि मोटरहेड मोटरसाइकलको आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेडले दशैँ, तिहार र छठलाई मध्यनजर गरी ‘पर्व खुसीको, पर्व विश्वासको’ अफर ल्याएको छ।  

भाद्र २४ देखि शुरु भएको अफर आगामी कात्तिक २४ सम्म चल्ने छ। उक्त अफर अन्तर्गत मोटरहेडका कुनै पनि मोटरसाइकल सिधै नगदमा खरिद गर्दा १२ हजार र फाइनान्स गरी खरिद गर्दा ८ हजार रुपैयाँ छुट पाइने कम्पनीले जनाएको छ।

त्यसैगरी सो अवधिमा मोटरसाइकल खरिद गर्ने सबै ग्राहक मध्येबाट गोलाप्रथा गरी तीन जना भाग्यशाली ग्राहकलाई क्रमशः १ लाख, ५० हजार र २५ हजार नगद प्रदान गरिने कम्पनीले उल्लेख गरेको छ। कम्पनीको यो अफर नेपालभरका सोरुममार्फत प्राप्त गर्न सकिने छ।  


  
सुजुकी
सुजुकी मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता भीजी अटोमोबाइल्सले सुजुकीको लागि दशैं तिहारलक्षित उपहार योजना ल्याएको छ। कम्पनीले ‘दशैँ आयो उमंग छायो क्यासब्याक को साथै बुम्पर पायो’उपहार योजना ल्याएको हो।  

उपहार योजनाअन्तर्गत कुनै पनि सुजुकी ब्राण्डका मोटरसाइकल तथा स्कुटरको खरिदमा १० हजार स्योरसट पैसा फिर्ता पाउनुका साथै हरेक दुई हप्तामा बम्पर पुरस्कारको व्यवस्था गरिएको छ।

त्यसमा सुजुकी इन्ट्रुडर बाइक पाउन सक्ने कम्पनीले जनाएको छ। 

साथै एक वर्षको सडक दस्तुर र फाइनान्स तथा एक्सचेन्जको सुविधासहित रहेको कम्पनीले जनाएको छ।

योजनाअनुसार ग्राहकले विना कुनै झन्झट हरेक खरिदमा १० हजार फिर्ता पाउनेछन्। हरेक दुई हप्तामा फेसबुक लाइभबाट बम्पर पुरस्कारको रुपमा इन्ट्रुडर बाइक जित्नेछन्। 
 
टीभीएस
टीभीएस मोटरसाइकल तथा स्कुटरको नेपालको लागि आधिकारीक विक्रेता जगदम्बा मोटर्सले ‘६ प्राइजमा सुपरराइज’ स्कीम ल्याएको छ। कम्पनीले ६ पटक उपहार जित्नसक्ने योजना ल्याएको जनाएको छ। 

स्कीममा नकिन्दै १ लाखसम्म, किनेपछि १० लाखसम्म, दैनिक रियलमी सी २० स्मार्टफोन, हरेक हप्ता मोटरसाइकल किने बराबरको १०० प्रतिशत क्यासव्याक, हरेक महिना एक जनालाई अपाचे आरआर ३१० र बम्पर उपहारमा प्रोटोन सागा कार दिने योजना रहेको उल्लेख गरेको छ। 

बेनेली
बेनेली मोटरसाइलकको आधिकारिक विक्रेता केटीएम इन्टरनेशनल ट्रेडिङ प्रालिले थ्रीएक्स डिस्काउन्ट फिएस्टा अफर ल्याएका छ।  

कम्पनीका अनुसार पहिलो इ–डिस्काउन्टअन्तर्गत मोटरसाइकल किन्नु भन्दा पहिले नै घरैबाट समेत क्युआर कोड स्क्यान गर्न सकिन्छ। स्क्यान गर्दा १ लाख रुपैयाँ सम्म जित्ने अवसर प्राप्त हुनेछ।
 
त्यसैगरी ग्राहकलाई स्क्र्याच कार्डबाट १ लाख रुपैयाँ सम्म जित्न सकिनेछ। मोटरसाइकल किनिसकेपछि ग्राहकलाई ५ हजार रुपैयाँ सम्मको अमेजिङ गिफ्ट प्रदान गर्ने जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .