ad ad

कारोबार


नेपाल–भारत उद्योग वाणिज्य संघ पूर्वाञ्चल च्याप्टरमा नयाँ कार्यसमिति

नेपाल–भारत उद्योग वाणिज्य संघ पूर्वाञ्चल च्याप्टरमा नयाँ कार्यसमिति

नेपालखबर
भदौ १३, २०७८ आइतबार १७:५७, काठमाडौँ

नेपाल–भारत उद्योग वाणिज्य संघको, पूर्वाञ्चल च्याप्टर विराटनगरको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भई नयाँ कार्यसमितिको निर्वाचन भएको छ । 

निर्वाचनबाट व्यवसायी अविनाश बोहराको अध्यक्षतामा १५ सदस्यीय निम्न व्यवसायीहरु नयाँ कार्यसमितिमा पदाधिकारी तथा सदस्यमा निर्वाचित भएको संघले जनाएको छ।

बोहराको अध्यक्षतामा ललित कुमार लोहिया पदेन निवर्तमान अध्यक्ष, मुकेश उपाध्याय भट्टराई प्रथम उपाध्यक्ष, श्याम पौडेल द्वितीय उपाध्यक्ष, रमेशकुमार राठी महासचिव, विकास चौधरी कोषाध्यक्ष चयन भएका छन्। 

त्यस्तै सदस्यहरुमा क्रमशः बेनीगोपाल मुन्दडा, यादव पोखरेल, विजय कुमार डालमिया, गायत्री भण्डारी, सन्तोष कुमार चौधरी, श्रवण कुमार अग्रवाल निर्वाचित भएका छन्। 

नवनिर्वाचित अध्यक्षबाट संघको विधानबमोजिम ४ जना सदस्यहरु सोम अधिकारी, विनोद बस्नेत, महेश पौडेल तथा रबिन दाहाललाई मनोनीत गरेको संघले जनाएको छ। 

स्थापनाकालदेखि संघको विराटनगर च्याप्टरले नेपाल–भारतबीचको ब्यापार तथा पारवहनको क्षेत्रमा उठेका अहम विषयहरुमा अग्रणी भूमिका निर्वाह गर्दै आएको छ।  

साथै काँकडभिट्टा–पानी टंकी, विराटनगर–जोगबनी, कनौली–राजविराजबाट भइरहेको नेपाल–भारतबीचको द्विपक्षीय व्यावसायिक कारोबारमा उठेका मुद्दाहरुको समाधानमा च्याप्टरले भूमिका खेल्दै आएको छ। 

सीमानाकामा उठेका समस्याहरुमा यस च्याप्टरले समस्या समाधानको लागी स्थानीय तहदेखि संघको केन्द्रीय कार्यालय, नेपाल स्थित भारतीय राजदुतावास, नेपाल सरकारको स्थानीय तह देखी विभाग र मन्त्रालयसम्म पहल गरेर समस्या समाधान गर्ने गरेको संघले जनाएको छ। 

भच्र्युअल माध्यमबाट  संघका केन्द्रीय अध्यक्ष सृजना राणाको प्रमुख आतिथ्यमा उक्त साधारण सभा सम्पन्न भएको थियो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .