ad ad

कारोबार


डेडिकेटेड र ट्रंकलाइनको बक्यौता जसरी पनि उठाउँछुः ऊर्जामन्त्री भुसाल

डेडिकेटेड र ट्रंकलाइनको बक्यौता जसरी पनि उठाउँछुः ऊर्जामन्त्री भुसाल

नेपालखबर
साउन ११, २०७८ सोमबार १४:३३,

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले उद्योगीहरुले प्रयोग गरेको डेडिकेटेड र ट्रंकलाइनको बक्यौता जसरी पनि उठाएर छाड्ने उद्घोष गरेकी छिन्। 

सोमबार ऊर्जा मन्त्रालयमा पत्रकारसँगको परिचयात्मक कार्यक्रममा मन्त्री भुसालले उद्योगीलाई बक्यौतामा छुट नदिने बताएकी हुन्।  

मन्त्री भुसालले भनिन्, ‘डेडिकेटेड र ट्रंकलाइनको बक्यौता १५ अर्बमाथि छ, यो जसरी पनि उठाउन प्राधिकरणलाई निर्देशन नै दिइसकेकी छु।’ 

एउटा सामान्य मानिसले केही समय ढिलाइ गर्दा लाइनै काटिने गरेको उदाहरण दिँदै उनले उद्योगीले अतिरिक्त सुविधा उपभोग गर्दा किन छुट दिने भन्दै प्रश्न गरिन्। 

‘बैंकहरुले जसरी ऋण उठाउँछन्, प्राधिकरणले पनि उठाउनुपर्छ’, भुसालले भनिन्।  

अबको आफ्नो प्राथमिकता विद्युत् उत्पादनको चरणमा जान रोकिएका बूढीगण्डकीलगायत आयोजनाको काम अघि बढाउने र सिँचाइको क्षेत्रमा समन्वय गरी अघि बढ्नेतर्फ रहेको उनको भनाइ छ। 

भुसाल माओवादी केन्द्रबाट ऊर्जा मन्त्रालय सम्हाल्ने छैठौँ मन्त्री हुन्। उनले पार्टीका पूर्वमन्त्रीहरुले थालेका काम र नीतिलाई पनि हेरेर अघि बढ्ने बताइन्। 

प्रसारणलाइन विस्तार द्रुतगतिमा अगाडि बढ्ने उनको दाबी छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .