ad ad

कारोबार


सूर्य नेपालद्वारा तनहुँका दुई स्थानीय कोभिड कोषमा ५० लाख सहयोग

सूर्य नेपालद्वारा तनहुँका दुई स्थानीय कोभिड कोषमा ५० लाख सहयोग

नेपालखबर
साउन ४, २०७८ सोमबार १९:५३,

सूर्य नेपाल प्रा.लि.ले तनहुँका दुई स्थानीय तहका ‘कोभिड–१९ प्रकोप व्यवस्थापन कोष’मा  ५० लाख रुपैयाँ सहयोग गरेको छ।

शुक्लागण्डकी नगरपालिका तथा र म्याग्दे गाउँपालिकाको कोभिड–१९कोष मा क्रमश रु. ३० लाख र रु. २० लाख गरी जम्मा रु. ५० लाख रुपैयाँ सहयोग गरेको कम्पनीले जनाएको छ। 

आज एक कार्यक्रमकाबीच सूर्य नेपाल प्रा.लि.को शेराटार (तनहुँ) स्थित कारखाना प्रबन्धक बाबुराम कार्कीले सो रकम हस्तान्तरण गरेका हुन्। कारखाना प्रबन्धक बाबुराम कार्कीले सूर्य नेपाल प्रा.लि.ले यस क्षेत्रमा गर्दै आएको बिभिन्न सहयोगको चर्चा गर्दै भविष्यमा पनि सहयोग जारी रहने उल्लेख गरे।

कम्पनीको मानव संशाधन विभागका अञ्जन दुवाडीले यस क्षेत्रको दीर्घकालिन विकासको लागि स्थानीयसँग सहकार्य गर्दै अघि बढ्न सूर्य नेपाल प्रा.लि. सदैव तयार रहेको जानकारी दिए। कार्यक्रममा शुक्लागण्डकी नगरपालिका तथा र म्याग्दे गाउँपालिका प्रमुख, उप–प्रमुख तथा प्रमुख कार्यकारी अधिकृतहरूले सूर्य नेपाल प्रा. लि ले यस क्षेत्रको सामाजिक आर्थिक विकासमा गरेको योगदानको उच्च प्रशंसा गर्दै भविष्यमा पनि यस्तै प्रकारको सहयोगको अपेक्षा समेत गरे। 

सूर्य नेपाल प्रा.लि.ले गत वर्ष पनि शुक्लागण्डकी नगरपालिका तनहुँको ‘कोभिड–१९ प्रकोप व्यवस्थापन कोष’ मा रु. १० लाख तथा सात वटै प्रदेशमा कोभिड विरुद्धको लडाईंमा सहयोग पुर्‍याउन रु. एक–एक करोड रकम प्रदान गरेको थियो। 

सूर्य नेपाल प्रा.लि.ले सो क्षेत्रमा आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गतका विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको जनाएको छ। कम्पनीले गत आ.व. मा पनि म्याग्दे गाउँपालिका र शुक्लागण्डकी नगरपालिकालाई १–१ थान एम्बुलेन्स प्रदान गरेको थियो। त्यस्तै कोभिड–१९ को रोकथाम तथा उपचारको लागि सो क्षेत्रका बिभिन्न अस्पताल तथा स्थानीयबासीलाई विभिन्न स्वास्थ्य सामाग्रीहरु वितरण गरी कोभिड–१९ को महामारी बिरुद्धको लडाईंमा सहयोग गर्दै आइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .