ad ad

कारोबार


हिमालय एअरलाइन्सले भन्यो : हवाइ शुल्क बढाइएको छैन

हिमालय एअरलाइन्सले भन्यो : हवाइ शुल्क बढाइएको छैन

नेपालखबर
साउन १, २०७८ शुक्रबार १५:११,

हिमालय एयरलाइन्सले काठमाडौं-दमाम हवाइ शुल्क नबढेको र  क्वारेन्टिन सेवा शुल्क नलिएको स्पष्ट पारेको छ। 

सो सम्बन्धमा विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रकाशित समाचारमा सत्यता नरहेको एयरलाइन्सले जनाएको छ। 

‘नेपाल–चीन संयुक्त उद्यम एअरलाइन्स, हिमालय एअरलाइन्सले हवाइ उडान सुचारु भए पस्चात साउदी अरबको दमाममा दुई साप्ताहिक उडानहरू सञ्चालन गर्दै आइरहेको छ’ एयरलाइन्सले भनेको छ, ‘कोरोना भाइरस् संक्रमणको दोस्रो लहर फैलिन थालेपछि गरिएको निषेधाज्ञा अघि यस एअरलाइन्सले सेप्टेम्बर ०१, २०१७ सालदेखि दमाममा नियमित १० प्रत्यक्ष उडान सेवा प्रदान गर्दै आइरहेको थियो।’ 

भर्खरै उडानहरू पुनः सुरु भएपछि, दमाम, साउदी अरब उडान गर्ने यात्रुहरूको बहाव बढेकाले जुलाई ११, २०२१ देखि चार साप्ताहिक उडान सेवा प्रदान गर्दै आइरहेको कम्पनीले जनाएको छ।  

नेपाल सरकार र साउदी अरब सरकारले अनिवार्य नियामक निर्देशिका प्रकाशित गरेको थियो जसमा अपरिहार्य भाडा अन्तर्गत हवाइ भाडा, प्रवासमा क्वारेन्टिइन सुविधा र सम्बन्धित कोभिड–१९ स्वास्थ्य सुविधा सहित समावेश गरिएको थियो। 

सोही निर्देशिकाको पालनामा, एअरलाइन्सले यस क्षेत्रमा उडानहरू सञ्चालन गर्न सबै आवश्यक सुविधाहरू सहितको बन्डल भाडा सुरु गरेको विज्ञप्तिमा उल्लेख छ। 

‘हाम्रो बन्डल भाडामा पर्ने लगायत खर्चहरु यस प्रकार छन्ः एअरलाइन्स् आधार भाडा, सबै नियामक करहरू, होटल यातायात र ७ रात होटेल बसोबास शुल्क, (बिहानको खाजा, खान, डिनर सामेल) र दमााम आइपुग्दा गरिने २ पीसीआर परीक्षण सुविधा’ एयरलाइन्सले भनेको छ। 

साउदी अरब सरकारको निर्देशिका अनुसार, यात्रुहरु स्वयं क्वारेन्टाइनमा बस्ने अनुमति नभएको र त्यहाँको सरकारले तोकेको क्वारेन्टिन होटेलमा बस्नु पर्ने नियम अनिवार्य गरिएको छ। यसका कारण, नियमित हवाइ बन्डल भाडाको तुलनामा अहिलेको भाडा अलि महँगो भएको एयरलाइन्सको दाबी छ।

कम्पनीका अनुसार दमामको लागि अतिरिक्त होटल क्वारेन्टिन शुल्कले ६० प्रतिशत ओगट्छ भने हवाइ भाडाले कूल लागतको ४० प्रतिशत मात्र योगदान गर्दछ।

एअरलाइन्सले कुनै पनि क्षेत्रका लागि वैध फिर्ती टिकटहरू भएका यात्रुहरूको लागि र निषेधाज्ञाका कारण उडान गर्न असमर्थ भएका यात्रुहरूका लागि टिकटको निःशुल्क पुनः मान्यता सुनिश्चित पनि गर्दै आएको पनि स्पष्ट पारेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .