ad ad

कारोबार


जिपको नयाँ अफरोड एडभेन्चर गाडी नेपालमा, यस्ता छन् फिचर र मूल्य

जिपको नयाँ अफरोड एडभेन्चर गाडी नेपालमा, यस्ता छन् फिचर र मूल्य

नेपालखबर
असार २१, २०७८ सोमबार १८:१६,

नेपालका लागि जिप ब्रान्डको आधिकारिक बिक्रेता एमएडब्लु लाइफले नयाँ कम्पासलाई भर्चुअल माध्यमबाट सार्वजनिक गरेको छ।  

नयाँ कम्पासको भर्चुअल लञ्च सञ्चारकर्मी भूषण दाहाल र कलाकार प्रशान्त ताम्राकारले गरेका हुन्। 

यसअघि नै प्रि–बुकिङको घोषणा गरिसकेको एमएडब्लु लाइफले आजैबाट नयाँ कम्पासको डेलिभरी पनि सुरु गरेको जनाएको छ।  

कम्पनीले वैशाखको पहिलो नयाँ कम्पासको लञ्चको तयारी गरे पनि कोभिडको कारण ढिला सार्वजनिक गरेको जनाएको छ।  

अमेरिकन ब्राण्ड जिप केही वर्षदेखि भारतीय प्लान्टमा उत्पादन हुँदै आएको छ। 

नेपालमा आउने जिप कम्पास भारतमा उत्पादित हुने नेपालको कम्पनीले जनाएको छ।

हाल  कम्पनीले  कम्पासका मोडल ४ वटा भेरियन्टमा गाडी उपलब्ध गराएको छ। जसमा  स्पोर्ट, लगिंच्युड, लिमिटेड ओ र मोडल एसका भेरियन्ट रहेका छन्। 

नयाँ कम्पासको मूल्य ८४ लाख ९० हजारदेखि एक करोड ३६ लाख ९० हजार रुपैयाँसम्म तोकेको छ। 

नयाँ कम्पासमा दुईवटा पावर ट्रेनमा उपलब्ध हुनेछ। १.४ लिटरको पेट्रोल मल्टिएअर टर्बो इन्जिनले अधिकतम १६० एचपी पावर र २५० एनएम टर्क उत्पन्न  गर्छ। 

यो ६ स्पिड म्यानुअल ट्रान्समिसन र ७ स्पिड डीसीटी अटोमेटिक अप्सनमा उपलब्ध हुनेछ।

२.० लिटर डिजेल मल्टिजेट टु इन्जिनले १७० एचपीपावर र ३५० एनएम टर्क उत्पन्न गर्नेछ। 

यो भने ६ स्पिड म्यानुअल ट्रान्समिसन र ९ स्पिड अटोमेटिक ट्रान्समिसनका उपलब्ध हुनेछ।

एसयूभी गाडी उत्पादकको रुपमा चिनिएको जिप कम्पासको नयाँ मोडल बीएस ६ मापदण्डकै हुनेछन्। 

दोस्रो विश्वयुद्धदेखि नै अफरोड एडभेन्चर गाडीको रुपमा जिप चिनिँदै आएको छ। 

गाडीलाई स्पोर्ट, अटो, स्नो, स्यान्ड÷मड र रकगरी ५ मोडमा गाडीलाई कुदाउन सकिन्छ। 

सार्प एण्ड बोल्ड एक्सटेरियर रहेको  नयाँ जिपमा सेभेन स्लट ग्रिल र ट्रापेजोइडल ह्विल आर्क, रिफ्लेक्टर र एलइडी प्रोजेक्टर सहितको हेडल्याम्प रहेको छ।  

कम्पासको  इन्टेरियरमा धेरै परिवर्तन गरिएको छ। 

२०२१ कम्पासको क्याबिनमा उल्लेखनीय काम गरिनुका साथै धेरै फिचर थपिएको छ । 

यसमा मेटल ब्रोले घेरिएको मिड–बोल्स्टर पिस छ जसले इन्टेरियरको आकर्षणलाई बेजोड बनाएको छ । 

ड्यास बोर्ड डिजाइन पनि अपडेट गरिएको छ। ग्राहकले ट्रिम र भेरियन्ट अनुसार लेदर र फेब्रिक अप होल्स्ट्रीमा डुअल टोन र फुल ब्ल्याक कम्बिनेसन पाउने कम्पनीले जनाएको छ। 

नयाँ कम्पासमा फिफ्ड जेनेरेसन युकनेक्ट सहितको १०.१ इन्चको हाई डेफिनेसन डिस्प्ले हुनेछ । साथै यसमा वायरलेस एप्पल कार प्ले र एन्ड्रोइड अटो कनेक्सन हुनेछ। 

कन्टेन्ट स्क्रिनलाई स्टेरिङमा रााखिएको बटनहरूबाट कन्ट्रोल गर्न सकिन्छ ।

त्यसपछि यसमा ३६० डिग्री रिमोट क्यामेरा, क्र्युज कन्ट्रोल, बटन अपरेटेड पावर लिफ्ट गेट पनि हुनेछ। 

सेफ्टी र सेक्युरिटीको सूचीमा इलेक्ट्रोनिक पार्किङ ब्रेक, हिल होल्ड एन्ड हिल डिसेन्ट कन्ट्रोल, सेलेकटेरेन ४ बाई ४ सिस्टम, ६ एअर ब्याग, प्यानिक ब्रेक असिस्ट, रेन ब्रेक सपोर्ट लगायत ५० भन्दा बढी फिचर रहनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .