ad ad

अपराध


विमानस्थलबाट अमेरिकी डलरसहित ३ विदेशी पक्राउ

विमानस्थलबाट अमेरिकी डलरसहित ३ विदेशी पक्राउ

नेपालखबर
चैत ३०, २०७९ बिहिबार ७:१६, काठमाडौँ

अवैध रूपमा लुकाइछिपाई बाह्य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलर २७ हजार १ सय २९ सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा दुईजना बङ्गलादेशी नागरिक ३७ वर्षीय एमडी मोफिजुल इस्लाम र ४७ वर्षीय देवासहिसकुमार साह र अर्का भारतीय नागरिक ४३ वर्षीय सन्दीपकुमार रहेको प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालय, केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालबाट विमान बङ्गलादेशको उडानद्वारा बङ्गलादेशको ढाकातर्फ जान लागेका बङ्गलादेशी नागरिकलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा दुवै जनाको साथबाट १०/१० हजार गरी जम्मा २० हजार अमेरेकी डलर प्रहरीले फेला पारी पक्राउ गरेको जनाएको छ। 

यसैगरी फ्लाई दुबईको उडानद्वारा दुबई हुँदै अमेरिका जान लागेका भारतीय नागरिक सन्दीप कुमारलाई विभिन्न दरको अमेरिकी डलर सात हजार एक सय २९ सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो। उनीहरूलाई आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीका लागि राजस्व अनुसन्धान विभाग, हरिहर भवन पुल्चोक, ललितपुर पठाइएको प्रहरीले जनाएको छ। रासस
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .