अपराध


राहतको लोभ देखाएर ९० वर्षकी वृद्धालाई डोर्‍याउँदै जंगलमा लगेर हत्या

राहतको लोभ देखाएर ९० वर्षकी वृद्धालाई डोर्‍याउँदै जंगलमा लगेर हत्या

सोही नगरपालिका-६ का ३९ वर्षीय नरेन्द्र शिवभक्तिले हत्या गरेको खुल्न आएपछि उनलाई पक्राउ गरी अनुन्धान थालिएको छ।


नेपालखबर
पुस २, २०७९ शनिबार २०:४२, काठमाडौँ

मानिसले पैसाको लोभमा जस्तो पनि हर्कत गर्नसक्छ भन्ने प्रमाण हो, काठमाडौँको तारकेश्वर नगरपालिकाका ९० वर्षका वृद्धाको हत्या।

गएको मसिंर २० गते नगरपालिकाको वडा नं ६ पुलबाट ९० वर्षकी डिल्ली पुतुवार हराएको भन्ने सूचना नेपाल प्रहरीमा आइपुग्यो। 

उक्त सूचनाका आधारमा तत्कालै प्रहरी टोली परिचालन गरेर खोजतलास गर्दा नगरपालिकाको वडा नं ३ पारीवनपाखा सामुदायिक वनको खोल्सामा वृद्धाको शव फेला पर्‍यो।

टाउको र मुखमा चोटैचोट भएको अवस्थामा शव फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। 

त्यसपछि कर्तव्य गरेर घटना भएको निष्कर्षमा प्रहरीले अनुसन्धान थालेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइराला बताउँछन्।

कोइरालाका अनुसार गम्भीर प्रकृतिको घटना भएकाले सुक्ष्म अध्ययन गरी अनुसन्धानका क्रममा सोही नगरपालिका-६ का ३९ वर्षीय नरेन्द्र शिवभक्तिले हत्या गरेको खुल्न आएपछि उनलाई पक्राउ गरी अनुन्धान थालिएको छ।

जीवनको उत्तरार्द्धमा पुगेको व्यक्तिको हत्या गर्नु गम्भीरमाथिको पनि गम्भीर अपराध हो।

उनीसँगको सोधपुछका क्रममा चिसापानी चप्पल कारखानामा राहत दिइराखेको छ भनेर लोभमा पारेर जङ्गलमा लगी हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ। उक्त लोभ देखाएपछि वृद्धाले त्यहाँसम्म पुर्‍याउन आग्रह गरेको र उनले डोर्‍याउँदै लगेको प्रहरीले जनाएको छ। 

उक्त सामुदायिक वनको खोंचमा पुगेपछि आरोपी नरेन्द्रले एकछिन बसेर चुरोट खाउँ भनेपछि सँगै बसेको र सोही क्रममा वृद्धाको कम्मरमा भएको पैसा लिनका लागि ढुङ्गाले टाउको र गर्धनमा हानेर मारेको खुलेको प्रहरीले जनाएको छ। 

त्यसपछि वृद्धा महिलासँग भएको रु ४०-४५ हजार लिएर उनको शवलाई खोल्सामा लुकाई फरार भएकामा कार्यालयको टोलीले पक्राउ गरेको उपरीक्षक कोइरालाले जानकारी दिए।

अभियुक्तलाई थप कानुनी कारबाहीका लागि प्रहरी वृत्त बालाजुमा पठाइएको पनि उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .