ad ad

अपराध


थुनछेक बहसका लागि सन्दीपलाई लगियो अदालत

थुनछेक बहसका लागि सन्दीपलाई लगियो अदालत

नेपालखबर
कात्तिक १५, २०७९ मंगलबार १०:३३, काठमाडौँ

प्रहरीले बलात्कार आरोपी सन्दीप लामिछानेलाई जिल्ला अदालत पु¥याएको छ। थुनछेक बहसका लागि उनलाई अदालतमा उपस्थित गराइएको हो। 

आजदेखि उनको बयान लिने र त्यसपछि थुनछेक आदेश हुनेछ। आजै बयान पनि लिनु पर्ने र थुनछेक बहस पनि हुने भएकाले नसकिए बुधबार मात्रै आदेश आउनेछ। 

सोमबार जिल्ला सरकारी वकिल कार्यालयले लामिछानेले बलात्कार गरेको दाबीसहित अदालतमा अभियोग पत्र दायर गरेको थियो। 

लामिछानेले १८ वर्षीया किशोरीलाई बलात्कार गरेको भन्दै जाहेरी गरेकी थिइन्। उक्त कसुरमा १० देखि १२ वर्षसम्म कैद र ५ लाख रुपैयाँ क्षतीपूर्तिको माग गरिएको छ। 

 गत भदौ २१ गते उनीविरुद्ध जाहेरी परेको थियो। असोज २० गते उनी नेपाल फर्किएपछि पक्राउ परेका थिए। त्यसयता उनी हिरासतमा छन्।

थुनछेक आदेशपछि उनी कारागार चलान हुने वा मुद्दाको किनारा नलागेसम्म बाहिरै रहने भन्ने टुंगो लाग्नेछ। तर अन्तिम फैसला हुन भने केही महिना लाग्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .