ad ad

अपराध


बर्दिया राष्ट्रिय निकुञ्जबाट हतियारसहित शिकारी पक्राउ

बर्दिया राष्ट्रिय निकुञ्जबाट हतियारसहित शिकारी पक्राउ

नेपालखबर
साउन ३०, २०७९ सोमबार १५:५, काठमाडौँ

बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रबाट नेपाली सेनाले विभिन्न हतियारसहित एक व्यक्तिलाई पक्राउ गरेको छ। 

निकुञ्जमा वन्यजन्तु अनुगमनको लागि राखिएको स्वचालित क्यामेरामा विभिन्न मितिमा गैर कानूनी रुपमा हतियारसहित केही व्यक्तिहरु प्रवेश गरेको तस्बिरहरु फेला परेपश्चात निकुञ्‍ज सुरक्षार्थ तैनाथ नेपाली सेना र निकुञ्जका कर्मचारी सहितको संयुक्त टोलीले निकुञ्‍ज आसपासका ईलाकाहरुमा निगरानी तथा खोजतलास गरेको थियो। 

खोजतलासको क्रममा तस्बिरमा कैद भएका व्यक्तिका बारेमा प्राप्त जानकारीका आधारमा नेपाली सेना र निकुञ्जका कर्मचारी सहितको संयुक्त टोलीले ती व्यक्तिको घरमा खोजतलास गरी विभिन्न प्रकारका हतियार तथा सामग्रीहरु बरामद गरेको हो। 

नेपाली सेनाका अनुसार बरामद हतियार तथा सामग्रीहरूमा दुई नाले १२ बोर बन्दुक नाल–१, थ्री नट थ्री राउण्ड गोटा–४, ८ एमएम केएफ ए ७ ६० राउण्ड गोटा–१६, ओभीएफ ए७ राउण्ड गोटा–१२ लगायत मोबाइल, मोटरसाइक, मासु तथा मासु सुकुटी बनाउन प्रयोग हुने सामान रहेका छन्।

पक्राउ परेका व्यक्तिलाई आवश्यक कारबाहीको लागि बर्दिया राष्ट्रिय निकुञ्‍ज कार्यालयलाई बुझाएको सेनाले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .