ad ad

अपराध


रुपन्देहीमा कटुवा पेस्तोलसहित ३ भारतीय पक्राउ

रुपन्देहीमा कटुवा पेस्तोलसहित ३ भारतीय पक्राउ

सुदीप भण्डारी
असार २०, २०७९ सोमबार १५:३९, बुटवल

रुपन्देहीमा कटुवा पेस्तोलसहित ३ जना पक्राउ परेका छन्। 

जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिका–६ बसपार्कबाट प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो। 

पक्राउ पर्नेमा भारत सिद्धार्थनगर बस्ने ३४ वर्षीय चिनक भनिने मेदि हुसेन, सोही ठाउँका ५५ वर्षीय आसिक अलि र ५१ वर्षीय अकबर खान रहेका छन्। 

उनीहरु ३ जना सवार यूपी५५एडी०६८४ नम्बरको मोटरसाइकल शंका लागि प्रहरीले पिछा गरेको थियो। भाग्ने क्रममा उनीहरु चढेको मोटरसाइकल गोरुमा ठोकिएर अनियन्त्रित भइ दुर्घटना भएको थियो। मोटरसाइकलले ठक्कर दिएपछि गोरु मरेको छ। 

घटनास्थलमा मोटरसाइकल चालक मेदि हुु्सेनको दाहिने पट्टी कम्मरपेटिबाट कालो प्लाष्टिकको झोलामा केएफ ९एमएम लेखिएको  एउटा कटुवा पेस्तोल २ राउण्ड गोली र एउटा चक्कु फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरिक्षक बेद पौडेलले जानकारी दिए। 

दुर्घटनामा उनीहरुको मुखमासमेत चोट लागेको छ। तीन जनाको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचारपछि जिल्ला प्रहरी कार्यालयमा ल्याइएको प्रहरी निरीक्षक पौडेलले बताए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .