ad ad

बैंक/वित्त


नबिल बैंकद्वारा एसएमई ग्राहकलाई क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन

नबिल बैंकद्वारा एसएमई ग्राहकलाई क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन

नेपालखबर
फागुन २९, २०७८ आइतबार १२:५८, काठमाडौँ

नबिल बैंकले प्रदेश नं. १ स्थित बैंकको शाखा कार्यालयअन्तर्गतका साना तथा मझौला ऋणीहरुलाई व्यावसायिक क्षमता अभिवृद्धि गर्ने हेतुले क्षमता अभिवृद्धि तथा उद्यमशीलता तालिम सञ्चालन गरेको छ। 

बैंकले आफ्ना ग्राहकहरुको क्षमता अभिवृद्धि तथा उद्यमशीलता विकास गरी नेपाली उत्पादनको प्रवर्द्धनमा जोड दिने लक्ष्य राख्दै सोही क्षेत्रका विज्ञ  सुमन शाक्यलाई प्रशिक्षकको रुपमा आमन्त्रित गरी उक्त तालिम आयोजना गरेको र उक्त तालिम कार्यक्रम नेपालको बैंकिङ क्षेत्रमै पहिलो प्रयासको रुपमा रहेको छ। 

यही फागुन २७ मा इटहरीमा आयोजित उक्त तालिम कार्यक्रममा बैंकका ४० भन्दा बढी साना तथा मझौला ऋणी ग्राहकहरुको उपस्थिति रहेको थियो।

करिब चार घण्टा सञ्चालन गरिएको उक्त कार्यक्रमको समीक्षा गर्दै सहभागी ग्राहकहरुले यस किसिमको तालिमले आफनो व्यावसायिक क्षमता वृद्धिको लागि अति नै उपयोगी भएको साथै एक आपसमा अनुभव तथा ज्ञानको आदानप्रदान भएको महशुस गरेको कुरा जानकारी गराए।

नबिल बैंकले आफ्नो एसएमई ग्राहकवर्गहरुको व्यवसायको क्षमता अभिवृद्धि तथा उद्यमशीलता विकास एवं विस्तारका साथै बैंक र ग्राहकबीचको दिगो सम्बन्धलाई लक्षित गर्दै यस किसिमको तालिम आयोजना गरेको र आगामी दिनमा समेत यस्ता किसिमका ग्राहकमुखी कार्यक्रमहरु सञ्चालन गरिने  नबिल बैंकका साना तथा मझौला उद्यम तथा लघुवित्त विभागका प्रमुख निरज कुमार बस्नेतले बताए। 

साथै, यस्ता किसिमका ग्राहकमुखी कार्यक्रमहरु सञ्चालन गरी बैंकले नाफारहित बैंकिङको अवधारणा अनुरुप आफ्नो दिगो बैंकिङको लक्ष्य प्राप्ति गर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .