ad ad

बागमती


सडक दुर्घटनाका घाइतेको २ महिनापछि  मृत्यु

सडक दुर्घटनाका घाइतेको २ महिनापछि  मृत्यु

नेपालखबर
भदौ १८, २०८० सोमबार ८:५८, हेटौँडा

सडक दुर्घटनामा परेको दुई महिनापछि एकजना घाइतेको मृत्यु भएको छ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर - ११ नवलपुरमा भएको बस दुर्घटनामा घाइते भएका एक जनाको मृत्यु भएको हो। 

मृत्यु हुनेमा महोतरी जलेश्वर नगरापालिका - १ का ३२ बर्षीय राकेश पाण्डे छन्।


गत असार १५ गते शुक्रबार दिउँसो १ बजे नारायणगढबाट हेटौंडातर्फ आउँदै गरेको ना.६ ख ९८०४ नम्बरको बस अनियन्त्रित भएर दुर्घटना भएको थियो। दुर्घटनामा परी ५२ जना यात्रु घाइते भएका थिए।

घाइतेमध्ये पाण्डेको टाउकोमा गम्भीर चोट लागेपछि हेटौंडाको चुरेहिल अस्पतालबाट भरतपुर रिफर गरिएको थियो। 

करिब दुई महिना भन्दा बढी समयदेखि चितवनस्थित पुरानो मेडिकल कलेज भरतपुरमा उनको उपचार हुँदै आएको थियो। 

उपचारकै क्रममा आइतबार राति ८ बजेर १० मिनेटमा पाण्डेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए।

पाण्डेको शव पुरानो मेडिकल कजेलमै रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .