काठमाडौँ उपत्यकाको मौसम पनि बिहानैदेखि धुम्म भएको छ। अर्थात् आकाशमा बादल लागेको छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हरिप्रसाद दाहालका अनुसार आज उपत्यकामा पनि छिटपुट पानी पर्ने सम्भावना त छ तर त्यो सम्भावना निकै कम छ।
उनी भन्छन्, ‘काठमाडौँमा छिटपुट वर्षाको सम्भावना हामीले १० प्रतिशत देखेका छौँ।’
मौसमविद् दाहालका अनुसार आज दिनभर नै काठमाडौँ उपत्यकाको मौसम आंशिकदेखि साधारतया बदली हुने सम्भावना छ। अर्थात् घाम कमै देखिन्छ।
मौसम महाशाखाका अनुसार पश्चिमी वायुसँगै स्थानीय वायुको आंशिक प्रभावले यतिबेला (मंगलबार बिहान) देशका पहाडी भेगको मौसम आंशिकदेखि साधारणतया बदली भएको छ। देशका बाँकी स्थानमा भने मौसम मुख्यतया सफा छ।
आज देशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपात तथा कोसी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
Shares

प्रतिक्रिया