बागमती


बागमतीमा पारित भयो प्रदेश खेलकुद विकास ऐन संशोधन विधेयक

बागमतीमा पारित भयो प्रदेश खेलकुद विकास ऐन संशोधन विधेयक

नेपालखबर
माघ २६, २०८१ शनिबार २१:१०, मकवानपुर

प्रदेश खेलकुद विकास ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक  बागमती प्रदेशसभाबाट पारित भएको छ। 

शनिबार (आज) बसेको प्रदेशसभा बैठकले उक्त विधेयक सर्वसम्मतिले पारित गरेको हो। बैठकमा युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले विधेयक पारित गरियोस् भनि प्रस्ताव पेस गरेका थिए। 

विधेयक पारित भएसँगै खेलाडी र खेलकुद विकासको एजेन्‍डा युवा तथा खेलकुद मन्त्रालयले नै अघि बढाउन बाटो खुलेको छ। 

परिषद्हरूको बैठक राख्न, बजेट निर्माण तथा आकार बढाउन, १० औँ राष्ट्रिय खेलकुदको लागि बोर्ड बैठक राख्नलगायत खेलाडी र खेलकुद क्षेत्रको समग्र विकास तथा विस्तारको लागि आवश्यक काम गर्न कानुनी सहजता प्राप्त भएको मन्त्री महर्जनले बताए।

यस्तै, आज बसेको प्रदेशसभा बैठकले ४ वटा संशोधन सहितको विधेयक विभिन्न समितिहरूमा दफाबार छलफलको लागि पठाएको छ। प्रदेश औद्योगिक व्यवसाय ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक र प्रोदशिक व्यापार तथा व्यवसाय सम्बन्धी ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक लाई उद्योग, पर्यटन तथा वातारण समितिमा पठाइएको छ। 

त्यस्तै ‘मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक’ र प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाको कार्यालयबाट सन्देशसहित फिर्ता आएको ‘प्रदेश कृषि विकाससम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’लाई छलफलको लागि शिक्षा, स्वास्थ्य तथा कृषि समितिमा पठाइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad