काठमाडौँ उपत्यकाको मौसम पनि बिहानैदेखि धुम्म भएको छ।
तर आज (शनिबार) काठमाडौँ उपत्यकामा वर्षाको सम्भावना भने खासै नदेखिएको मौसम पूर्वानुमान महाशाखाको मौसमविद् सञ्जीव अधिकारीको दाबी छ।
‘अहिले उपत्यकाको आकाशमा लागेको बादल मेघगर्जन र वर्षा गराउने खालको होइन’, उनले नेपालखबरसँग भने, ‘बिहान एक/दुई ठाउँमा फाटफुट पानी परेको थियो, अब दिउँसो वा अपराह्नतिर हल्का र क्षणिक वर्षा हुनसक्छ।’
बीचबीचमा घाम लाग्ने सम्भावना पनि रहेको मौसमविद् अधिकारीको दाबी छ।
663
Shares

प्रतिक्रिया