ad ad

बागमती


बिहानैदेखि बादलले ढाक्यो काठमाडौँको आकाश, कस्तो छ वर्षाको सम्भावना?

बिहानैदेखि बादलले ढाक्यो काठमाडौँको आकाश, कस्तो छ वर्षाको सम्भावना?

फाइल तस्बिर : काठमाडौं


नेपालखबर
असोज ८, २०८१ मंगलबार ९:१८, काठमाडौँ

देशभरसँगै काठमाडौँ उपत्यकाको मौसम पनि आज बिहानैदेखि बदली (आकाशमा बादल) भएको छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनसँगै बंगालको खाडीमा विकसित जलवाष्पयुक्त हावा आउन थालेकाले आजदेखि मौसम बदली र वर्षाको क्रम बढ्न थालेको हो। 

उनका अनुसार अहिले कोसी, मधेस र बागमती प्रदेशका थोरै स्थानमा  मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा एक/दुई स्थानमा भारी वर्षासमेत भइरहेको छ। 

‘काठमाडौँ उपत्यकामा पनि अहिले कतैकतै छिटपुट पानी पर्न थालिसकेको हुनुपर्छ’, उनले भने, ‘अहिले हाम्रो मापन केन्द्रमै देखिनेगरी चाहिँ काठमाडौँमा वर्षा भएको छैन, दिउँसोतिर वर्षा हुने सम्भवना छ।’

मौसमविद् झाका अनुसार आज दिउँसो काठमाडौँ उपत्यकामा मध्यमसम्मको वर्षा हुने सम्भावना छ। 

‘अब शनिबारसम्म मौसम देशभरि नै यस्तै–यस्तै हुन्छ, गर्मीमा राहत पाइन्छ’, उनले भने।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .