बागमती


नयाँ वर्षमा टोखाको सपनतीर्थमा स्नान मेला, राष्ट्रपतिले गरे पूजाअर्चना

नयाँ वर्षमा टोखाको सपनतीर्थमा स्नान मेला, राष्ट्रपतिले गरे पूजाअर्चना

काठमाडौँको टोखा नगरपालिका–२ स्थित सपनतीर्थ मन्दिरमा पूजाअर्चनाका लागि लामबद्ध भक्तजन। तस्बिर : हरिराम भेटुवाल/रासस


नेपालखबर
बैशाख १, २०८१ शनिबार १०:५४, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार टोखा नगरपालिकास्थित सपनतीर्थमा पूजा अर्चना गरेका छन्। राष्ट्रपतिले प्रथम महिला सविता पौडेलसहित सपनतीर्थमा पूजाअर्चना गरेका हुन्। 

शनिबार बिहान सपनतीर्थमा पूजा गर्दै राष्ट्रपति पौडेल। तस्बिर : रासस

राष्ट्रपति पौडेललाई काठमाडौँ क्षेत्र नं ५ का सांसद प्रदीप पौडेल, टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी, उपप्रमुख मुरारी तामाङ, प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर विसी, सपनातीर्थ क्षेत्र विकास समितिका अध्यक्ष देवराज डङ्गोललगायतले स्वागत गरेका थिए।

सपनतीर्थ मन्दिरमा शनिबार पूजाअर्चनाका लागि पुगेका राष्ट्रपति रामचन्द्र पौडेललाई मायाको चिनो दिँदै टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी। तस्बिर : हरिराम भेटुवाल/रासस

आज सपनतीर्थमा स्नान मेला पनि सुरु भएको छ। यहाँ स्नान गर्न काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागबाट भक्तजन आएका छन्। सपनतीर्थमा स्नान गरेपछि कुष्ठरोग निको हुने जनविश्वास छ। 

सपनतीर्थमा मेलासँगै टोखामा विस्का नखः (जात्रा) पनि सुरु भएको नेवा गुथिः टोखाका अध्यक्ष रमेश नापितले जानकारी दिए।

जात्रा वैशाख ४ गतेसम्म सञ्चालन हुनेछ। रासस 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .