ad ad

बागमती


ढोलाहिटी हत्या: पक्राउ परेकामध्ये ४ जनाविरुद्ध मात्रै मुद्दा चलाउने तयारी

ढोलाहिटी हत्या: पक्राउ परेकामध्ये ४ जनाविरुद्ध मात्रै मुद्दा चलाउने तयारी

ढोलाहिटी हत्या प्रकरणमा पक्राउ परेका चार जना।


नेपालखबर
चैत १३, २०८० मंगलबार ११:२३, काठमाडौँ

फागु पूर्णिमाका दिन (चैत ११ गते राति) ललितपुर महानगरपालिका–२६ ढोलाहिटी, राजकुलो ओसिस मार्गमा २ युवकको हत्या घटनामा संलग्न आरोपमा पक्राउ परेकामध्ये चार जनालाई मात्रै मुद्दा चलनउने तयारी गरिएको छ। 

सो घटनामा संलग्न आरोपमा पक्राउ परेकामध्ये प्रहरीले मंगलबार बिहान खोटाङको साकेला गाउँपालिका–२, सेखुवा स्थायी वतन भई हाल ललितपुर महानगरपालिका–२६, जैनखेल बस्ने होटल सञ्चालक ३१ वर्षीय विजय राई, खोटाङको साकेला गाउँपालिका–२, सेखुवा स्थायी वतन भई ललितपुर–१५, खुमलटार बस्ने होटल सञ्चालक वर्ष ३० का सुलभ राई, भोजपुरको ट्याम्केमयुङ गाउँपालिका–२, अन्नपूर्ण स्थायी वतन भई हाल ललितपुर–२६ जैनखेल बस्ने वर्ष ३८ का विशाल हाङ मुकारुङ राई र काठमाडौँको गोकर्णेश्वर–११ स्थायी वतन भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका–६, सानागाउँ बस्ने वर्ष २५ का छेड्वीहाङ राईलाई सार्वजनिक गरेको हो। 

घटनापछि राजु गुरुङ भन्ने व्यक्ति भने फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जानकारी दियो। 

आरोपति ५ जना भए पनि तत्काललाई भने पक्राउ परेका ४ जनाविरुद्ध मात्रै प्रहरीले मुद्दा अघि बढाउन लागेको हो। 

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .