ad ad

बागमती


मकवानपुर प्रहरीद्वारा एकै दिन ६१ बिघा बढी गाँजा खेती फडानी

मकवानपुर प्रहरीद्वारा एकै दिन ६१ बिघा बढी गाँजा खेती फडानी

नेपालखबर
कात्तिक १३, २०८० सोमबार २०:२४, हेटौंडा

मकवानपुर प्रहरीले एकै दिन ६१ बिघा ३ कठ्ठा लागुऔषध गाँजा खेती फडानी गरेको छ। मकवानपुर प्रहरीको लागुऔषध गाँजा तथा अफिम खेती फँडानी गर्ने अभियान अन्तरगत गाँजा खेती फँडानी गरिएको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार सोमबार जिल्लाको राक्सिराङ गाउँपालिका वडा नम्बर ९ स्थित सोराङ, रुन्चेवाङ, डनटार, झरना क्षेत्रमा १५ बिगाहा, वडा नम्बर ४को जयसिङताल, यतीखोला क्षेत्रमा २७ बिगाहा ३ कठ्ठा र कैलाश गाउँपालिका वडा नम्बर –९ गैरीखेत, साखिनी, वडा नं।१० को बाजोखेत क्षेत्रमा १९ बिगाहा लागुऔषध गाँजा खेती फँडानी गरिएको हो।

प्रवक्ता भण्डारीका अनुसार ५५ जना प्रहरी राक्सिराङ गाउँपालिकाको ५, ६, ७, ८ र ९ नम्बर वडाका विभिन्न स्थानमा लागुऔषध फँडानीका लागि खटिएका छन्।

प्रहरी निरीक्षकको कमाण्डमा ४० जना प्रहरी राक्सिराङको १, २, ३ र ४ नम्बर वडाका विभिन्न स्थानमा खटिएका छन्।

यस्तै, प्रहरी निरीक्षककै कमाण्डमा ४० जना प्रहरी कैलाश गाउँपालिकाको विभिन्न वडामा परिचालन गरिएको छ भने २ जना प्रहरी ड्रोनसहित खटाइएको भण्डारीले जानकारी दिए।

मकवानपुर प्रहरीले लागुऔषध गाँजा र अफिम खेती फडानी गर्न एक सय ३७ जना प्रहरी परिचालन गरेको बताएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .