ad ad

बागमती


बागमतीमा बजेट संशोधनको माग, १ बजे बोलाइएको प्रदेशसभा अझै सुरु हुन सकेन

बजेटमाथिको छलफल आज पनि नहुने सम्भावना
बागमतीमा बजेट संशोधनको माग, १ बजे बोलाइएको प्रदेशसभा अझै सुरु हुन सकेन

नेपालखबर
असार १७, २०८० आइतबार १५:३१, हेटाैंडा

बागमती प्रदेश सरकारको बजेटमाथिको छलफल आज पनि स्थगित हुने सम्भावना बढेको सांसदहरूले बताएका छन्। गत असार १ गते सार्वजनिक भएको बजेटमाथि छलफल गर्नका लागि आह्वान भएको बैठक यसअघि दुई पटकसम्म स्थगित भएको थियो। 

विपक्षी दलको अवरोधका कारण स्थगित भएको प्रदेशसभा बैठक आज पनि नहुने सम्भावना बढेको हो। दिउँसो १ बजेका लागि आह्वान भएको प्रदेशसभा बैठक अझै सुरु हुन सकेको छैन।

प्रमुख प्रतिपक्षी दलले बजेट संशोधन गर्नुपर्ने माग राखेको छ।

आफूहरुको माग सम्बोधन नभए आज पनि बैठक चल्न नदिने अडान प्रमुख प्रतिपक्षी दल एमालेले लिएको छ। यस्तै, राप्रपाले पनि सरकारले एकलौटी ढंगले ल्याएको बजेट यसै पारित गर्न नहुने भन्दै बजेटमाथिको छलफल हुन नदिने पक्षमा छ।

नेकपा एमाले बागमती संसदीय दलका नेता जगन्नाथ खतिवडाका अनुसार अहिले पनि छलफल जारी छ। 

‘अहिले पनि छलफल जारी छ। कुरा मिले बैठक बस्छ, छलफल अघि बढ्छ। होइन भने बैठक चल्नै दिदैनौं,’ उनले नेपालखबरसँग भने।

यसअघि नेकपा एमाले, राप्रपा लगायतका दलहरूले सरकारले पक्षपाती ढंगले बजेट ल्याएको भन्दै संसद चल्न दिएका थिएनन्।

दुईदिन सम्म बैठक चल्न नदिएपछी संसद बैठक आजका लागि सारिएको थियो।

प्रदेशसभामा रहेका दलहरु मध्य प्रतिपक्षी दलहरु बजेट पुनरलेखन गर्नुपर्ने माग गरिरहेका छन् भने सत्ता पक्षका दलहरु बहुमतको आधारमा बजेट पारित गर्ने तयारीमा रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .