ad ad

बागमती


काठमाडौँमा चट्याङ लागेर एकजनाको मृत्यु

काठमाडौँमा चट्याङ लागेर एकजनाको मृत्यु

प्रतिकात्मक तस्बिर


नेपालखबर
बैशाख २१, २०८० बिहिबार ६:११, काठमाडौँ

काठमाडौँको मातातीर्थमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । चन्द्रागिरि नगरपालिका–६ मातातीर्थमा बुधबार दिउँसो चट्याङ लागेर मकवापुर भीमफेदी घर भई काठमाडौँ बस्ने ३५ वर्षीय राजु तामाङको मृत्यु भएको हो। 

मातातीर्थमा निर्माणाधीन घरमा काम गरिरहेका बेलामा कौसीमा चट्याङ लागेपछि गम्भीर घाइते हुनुभएका तामाङको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए। 

तामाङ मिस्त्री काम गर्थे। तामाङको शव परीक्षणका लागि त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज लगिएको प्रवक्ता रिजालले बताए। रासस 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .