बागमती


हेटौँडामा होटेलमा आगलागी

हेटौँडामा होटेलमा आगलागी

प्रतिकात्मक तस्बिर


नेपालखबर
कात्तिक ११, २०७९ शुक्रबार ६:३७, हेटौँडा

हेटौँडा उपमहानगरपालिका वडा नं १० स्थित बसपार्क नजिक तरकारीको थोक बजारसँग जोडिएको होटेलमा बिहीबार दिउँसो आगलागी भएपछि ग्यास सिलिन्डर पड्किएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिएको जानकारीअनुसार तिहारका बेला होटेल मालिक मीना साह होटेल बन्द गरी अन्यत्र गएका बेला अचानक आगलागी भएपछि एकपछि अर्कोगरी पाँच वटा ग्यास सिलिन्डर विस्फोट भएका हुन्। 

आगलागीको घटनापछि हेटौँडा उपमहानगरपालिकाको दुई वटा दमकलले एक घण्टापछि आगलागी नियन्त्रणमा लिएको थियो।

आगलागीबाट तरकारीको थोक बजारमा केही क्षति पुगेको छ। प्रहरीले आगलागीबाट मानवीय क्षति नभएको र होटेलमा पूर्ण रूपमा क्षति पुगेको तथा भौतिक क्षतिको विवरण आई नसकेको जानकारी दिएको छ।

होटेल मालिक मीना साहले गरगहना र नगदसहित करिब रु २० लाखको क्षति भएको बताइन्। प्रहरीले विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने जानकारी दिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .