ad ad

बागमती


चितवनमा जिपको ठक्करबाट पतिको मृत्यु, पत्नी घाइते

चितवनमा जिपको ठक्करबाट पतिको मृत्यु, पत्नी घाइते

फाइल फाेटाे


नेपालखबर
असोज १९, २०७९ बुधबार १८:१३, चितवन

चितवनमा जिपको ठक्करबाट पतिको मृत्यु भएको छ भने पत्नी घाइते भएकी छन्। 

भरतपुर महानगरपालिका–२९ सेतीदोभानमा  नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा १५च ७४७९ नम्बरको जिपले मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०३६ प ११७४ नम्बरको मोटरसाइकललाई आज ठक्कर दिँदा मोटरसाइकलमा सवार पर्वतको महाशिला गाँउपालिका–५ का ४८ वर्षीय मित्रलाल पङगेनीको मृत्यु भएको हो।

टाउकोमा गम्भीर चोट लागेका उनको उपचारका क्रममा भरतपुरको पुरानो मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार मित्रलालकी श्रीमती ४० वर्षीया राधा घाइते भएकी छन्। उनको उपचार पुरानो मेडिकल कलेजमा भइरहेको छ। जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। रासस 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .