ad ad

बागमती


गैरआवासीय नेपालीले गरे शंखमुल पार्कको सफाइ

गैरआवासीय नेपालीले गरे शंखमुल पार्कको सफाइ

नेपालखबर
साउन १, २०७९ आइतबार १४:४४, काठमाडौँ

गैरआवासीय नेपाली संघले निर्माण गरेको ललितपुरस्थित शंखमुल पार्कमा आज सरसफाइ गरिएको छ।

गैरआवासीय नेपाली संघले तत्कालीन उपाध्यक्ष कुल आचार्यको संयोजकत्वमा करिब ३२ रोपनी जग्गामा निर्माण गरेको उक्त पार्क ३ करोड २ लाख ५९ हजार १५५ रुपैयाँमा निर्माण भएको थियो। 

पार्कको संरक्षणको जिम्मा लिएको ललितपुर महानगरपालिका वडा नम्बर ९ ले लिएको छ। पार्क स्तरउन्नतिका साथै शौचालयको लागि महानगरपालिकाबाट दुई करोड बजेट पास भइसकेको वडाध्यक्ष राजु महर्जनले जानकारी दिए।

सरसफाइ कार्यक्रममा गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष कुल आचार्य, अध्यक्ष बद्री केसीसहित अमेरिका, साइप्रस, बेलायत, दक्षिण कोरियाका गैरआवासीय नेपाली अभियन्ताहरुको सहभागिता रहेको थियो।

कार्यक्रममा सहभागी भएका पूर्वमुख्यसचिव लीलामणि पोखरेलले पार्क बनाउन सहयोग गर्ने गैरआवासीय नेपाली संघका पदाधिकारीलाई धन्यवाद दिँदै सो पार्क हुनुको मनोरञ्जन मात्र नभई पुरातात्विक र ऐतिहासिक पार्क भएको बताए।

संघका कार्यकारी अध्यक्ष कुल आचार्यले आफ्नो संयोजकत्वमा शंखमुल पार्क बनाउँदा आइपरेको आरोह अवरोहलाई स्मरण गरे।

यस्तै, शुभकामना मन्तव्य दिँदै अध्यक्ष डा. बद्री केसीले सामुदायिक र सामूहिक काम सधैँ अग्रणी भूमिका खेल्ने ललितपुरबासी प्रति आभार प्रकट गरे। साथै उनले समय समयमा यस्तो सरसफाई कार्यक्रमको आयोजना गर्नको लागि सुझाव दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .