ad ad

बागमती


बागमती प्रदेशमा ४३ प्रतिशत रोपाइँ सम्पन्न

बागमती प्रदेशमा ४३ प्रतिशत रोपाइँ सम्पन्न

फाइल फोटाे


नेपालखबर
असार ३२, २०७९ शनिबार १६:२३, काठमाडौँ

अहिलेसम्म बागमती प्रदेशमा ४३ प्रतिशत रोपाइँ सम्पन्न भएको छ।

पर्याप्त मात्रामा आकाशे पानी नपरेको र सिँचाइको अभावका कारण यस वर्षको असार महिनाको अन्तिमसम्म अर्थात् बागमती प्रदेशमा ४३ प्रतिशत मात्र धान रोपाइँ भएको हो।

प्रदेशअन्तर्गतको १३ जिल्लामा ५१ हजार ४०० हेक्टर खेतीयोग्य जमिनमा रोपाइँ भएको  प्रादेशिक कृषि तथा  पशुपन्छी विकास मन्त्रालयले  जनाएको छ।

प्रदेशका  अधिकांश पहाडी जिल्लाका  क्षेत्रमा आकाशे पानीको भरमा धान खेती गर्नुपर्ने भएकाले अहिलेसम्म धान रोपाइँ कम भएको मन्त्रालयले जनाएको छ। 

मन्त्रालयका प्रवक्ता भलकनाथ कँडेलकाअनुसार प्रदेशको १३ जिल्लामध्ये सबैभन्दा बढी काठमाडौँ र  सबैभन्दा कम धादिङ जिल्लामा धान रोपाइँ भएको छ।

प्राप्त विवरणअनुसार काठमाडौँमा ८०, धादिङमा ११, रामेछापमा ३५, दोलखामा ५०, ललितपुरमा ७५ र भक्तपुरमा  ७० प्रतिशत तथा  चितवनमा ४० प्रतिशत धान रोपाइँ भएको छ।

त्यस्तै सिन्धुली जिल्लामा ४५, काभ्रेमा ६१, सिन्धुपाल्चोकमा ४०, नुवाकोटमा ४५, रसुवामा ५५ र मकवानपुरमा २० प्रतिशत जमिनमा रोपाइँ भएको उक्त मन्त्रालयले जनाएको छ।

यस प्रदेशमा  खेतीयोग्य जमिन एक लाख २० हजार ५०० हेक्टर रहेकामा ९० प्रतिशत जमिनमा धान खेती हुने गरेको छ।

प्रदेशमा विगत केही वर्षदेखि धान उत्पादन  अर्थात् धान खेती घट्दै गएको मन्त्रालयको विवरणमा उल्लेख छ।

आर्थिक वर्ष २०७७/७८ मा  पाँच लाख नौ हजार ५९० मेट्रिक टन धान उत्पादन भएकामा २०७६/७७ मा पाँच लाख १० हजार २०० मेट्रिक टन  तथा  २०७/७६ मा पाँच लाख २१ हजार ४४६ मेट्रिकटन  धान उत्पादन भएको थियो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .