खेल


टी-२० सिरिज : नेपाल र वेस्ट इन्डिजबीच आज तेस्रो खेल, नेपाली टोलीमा परिवर्तनको सम्भावना

टी-२० सिरिज : नेपाल र वेस्ट इन्डिजबीच आज तेस्रो खेल, नेपाली टोलीमा परिवर्तनको सम्भावना

फाइल तस्बिर


नेपालखबर
बैशाख १९, २०८१ बुधबार ६:५०, काठमाडौँ

नेपाल र वेस्ट इन्डिज एबीच जारी पाँच खेलको टी-२० सिरिजअन्तर्गत आज (बुधबार) तेस्रो खेल हुँदै छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो सवा १२ बजे सुरु हुनेछ।

पाँच खेलको सिरिजमा १/१ को बराबरी गरेका घरेलु टोली नेपाल र पाहुना टोली वेस्ट इन्डिज दुवै, सिरिजमा अग्रता बनाउने प्रयासमा हुनेछन्। 

सिरिजको पहिलो खेलमा ४ विकेटले विजयी नेपाल दोस्रो खेलमा भने वेस्ट इन्डिजसँग १० रनले हारेको थियो।

सिरिजका दुवै खेलमा नेपाली टोलीका कप्तान रोहित पौडेलले उत्कृष्ट प्रर्दशन गरेका थिए।

आईसीसी टी-२० विश्वकपको तयारीमा रहेका दुवै टोली यस खेलमार्फत आफ्नो क्षमता परीक्षण गरिरहेका छन्।

आजको खेलपछि नेपालले विश्वकप खेल्न टोली घोषणा गर्नेछ।

विश्वकपका सहभागी हुने अन्य देशले धमाधम टोली घोषणा गरिरहेका छन्। 

विश्वकपका लागि भनेर नै नेपाली टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईले खेलाडीको परीक्षण गरिरहेका छन्। त्यसैले आजको खेलमा पनि टोलीमा खेलाडी परिवर्तन गरिनेछ। 

प्रशिक्षक देसाईले पहिलो खेल खेल्ने टोलीमा दोस्रो खेलका बेला पाँच खेलाडी परिवर्तन गरेका थिए।

विश्वकप छनोटका लागि भनेर नै क्यानले पहिले घोषणा गरेको टोलीमा चार खेलाडी थप्दै २० सदस्यीय बनाइएको छ। 

नेपाली टोलीः  
रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, अनिल शाह, आरिफ शेख, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलशन झा, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी, अभिनाश बोहरा, विवेक यादव, आकाश चन्द, विनोद भण्डारी, सागर ढकाल, कमलसिंह ऐरी र लोकेश बम 

वेस्ट इन्डिज ए टोलीः
रोस्टन चेस (कप्तान), एलिक एथानाजे (उपकप्तान), फबिएन एलेन, कदिम एलियन, जोसुवा विसोप, केसी कार्टी, जोनसन चार्ल्स, मार्क दयाल, आन्द्रे फ्लेचर, म्याथ्यु फर्ड, ओबेद म्याककोय, गुडाकेश मोती, किमो पल, ओसान थोमस र हायडेन वाल्स
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .