समाज


नेत्ररोग विशेषज्ञ डाक्टर रुइत गृह जिल्लामा अभिनन्दित

नेत्ररोग विशेषज्ञ डाक्टर रुइत गृह जिल्लामा अभिनन्दित

फाइल तस्बिर


नेपालखबर
फागुन १९, २०८० शनिबार ९:३५, ताप्लेजुङ

नेपाल नेत्र ज्योति संघ ताप्लेजुङले प्रख्यात नेत्ररोग विशेषज्ञ डाक्टरसन्दुक रुइतलाई नागरिक अभिनन्दन गरेको छ। 

आँखाको हेरचाह र मानवीय सेवामा विशेष योगदान पु¥याएको भन्दै रुइतलाई नागरिक अभिनन्दनसहित सम्मान गरिएको हो।
 

ताप्लेजुङमा जन्मिएका डा रुइत नेपाल र नेपाल बाहिरका लाखौँ व्यक्तिको दृष्टि फर्काउने समर्पणका कारण प्रख्यात छन्। यहाँ आयोजित तीन दिने निःशुल्क आँखा शिविरको समापन कार्यक्रममा शुक्रबार साँझ उनलाई अभिनन्दन गरिएको हो। 

मोतियाविन्दुको शल्यक्रिया क्षेत्रमा अग्रणी भूमिका निर्वाह गरेका डा रुइतले दुर्गम क्षेत्रमा पुगेर अन्धोपनबाट पीडित नागरिकको जीवनमा परिवर्तन ल्याइरहेका छन्। यहाँ आयोजित शिविरमा रुइत नेतृत्वको टोलीले एक सय ५४ जनाको मोतियाविन्दुको शल्यक्रिया गरेको छ।
 
कार्यक्रममा डा रुइतले नेपाल नेत्र ज्योति सङ्घ तथा स्थानीय समुदायबाट आफूलाई प्रदान गरेको सम्मानपनप्रति आभार व्यक्त गरे। गृह जिल्लाका नागरिकको स्वास्थ्यका लागि आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धतासमेत उनले व्यक्त गरे। 

निःशुल्क आँखा शिविरले जीवनमा उज्यालो
झण्डै  तीन वर्षपछि आँखाको दृष्टि पुनःस्थापित भएपछि पाँचथरको हिलिहाङ गाउँपालिका–५, का ५५ वर्षीय बमप्रसाद योङहाङ र उहाँको परिवारमा यतिबेला खुसियाली छाएको छ । मोतियाविन्दुका कारण पूर्णरुपमा आँखाको दृष्टि गुमाएका योङहाङ पुनः उज्यालो जीवनमा फर्किएपछि खुशियाली छाएको हो । योङहाङको दुवै आँखाको शल्यक्रिया भएको थियो।

फुङलिङ नगरपालिका–१० फुरुम्बुकी ७५ वर्षीया मनकुमारी लेछर्बो पनि औधी खुसी हुनुहुन्छ । केही वर्षदेखि आँखाको समस्या भोगिरहनुभएकी उहाँले  तुलनात्मकरुपमा राम्रोसँग देख्न थालेपछि खुसी हुनुभएको हो । नेत्ररोग विशेषज्ञ डा सन्दुक रुइत र उहाँको टोलीले योङहाङ र लेछर्बोसहित एक सयभन्दा बढीको जीवनमा उज्यालो फर्काएका हुन्। 

ताप्लेजुङमा आयोजित आँखा शिविरमा विभिन्न समयदेखि मोतियाविन्दुका कारण ज्योति गुमाएका एक सय ५४ जनाको सफलतापूर्वक शल्यक्रिया भएको छ। 

नेत्र ज्योति सङ्घले फुङलिङ नगरपालिका र सेवा फाउण्डेशनसँगको सहकार्यमा तथा तिलगङ्गा आँखा अस्पतालको प्राविधिक सहयोग लिएर शिविर सञ्चालन गरेको हो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .