काभ्रेको नमोबुद्धमा किम्बु खाएर बिरामी परेका एक बालकको मृत्यु भएको छ।
नमोबुद्ध नगरपालिका- ४ काफ्लेथोक बस्ने गणेशप्रसाद मैनालीका १२ वर्षीय छोरा प्रशान्तको किम्बु खाएपछि बिरामी भएर मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार बालकले यही वैशाख ४ गते स्कुलबाट घर फर्किने क्रममा बाटोमा किम्बु खाएका थिए।
घर फर्किंदै गर्दा बाटोमा भेटिएको एउटा रुखबाट किम्बु टिपेर खाएका उनले घर पुगेपछि अत्याधिक बान्ता गरेका थिए।
त्यसपछि उनलाई अभिभावकले उपचारको लागि मेथिनकोट अस्पताल भकुण्डेमा भर्ना गरेका थिए। उनको उपचारकै क्रममा बुधबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
बालकको शव पोष्टमार्टमपछि आफन्तले जिम्मा लिएर घर लगेका छन्। घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
Shares
प्रतिक्रिया