समाज


तीनकुनेमा टिपरले ३ वटा मोटरसाइकलाई किच्यो, एकको मृत्यु, २ गम्भीर

तीनकुनेमा टिपरले ३ वटा मोटरसाइकलाई किच्यो, एकको मृत्यु, २ गम्भीर

नेपालखबर
भदौ ८, २०७६ आइतबार १६:१,

काठमाडौंको तीनकुनेमा टिपरको ठक्करबाट १ जनाको मृत्यु भएको छ।

आइतबार साँझ एक टिपरले तिनओटा मोटरसाईकलाई ठक्कर दिएको र एक जनाको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रवक्ता एसएसपी श्याम ज्ञावलीले जानकारी दिए। उनका अनुसार एक टिपरले ३ ओटा मोटरसाईकलाई ठक्कर दिएको हो।

singamangal accident

ठक्करबाट एक जनाको घटनास्थलमै मृत्यु भएको छ, भने अन्य २ जना गम्भीर घाइते छन्। मृतकको सनाखत हुन सकेको छैन।

ठक्कर दिने टिपरको एकिन नखुले पनि एक संकास्पद टिपरलाई नियन्त्रणमा लिएको एसएसपी ज्ञावलीले बताए।

singamangal accident1

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .