समाज


त्रिविलाई संघीय संरचनाअनुसार पुनः संरचना गरिने

त्रिविलाई संघीय संरचनाअनुसार पुनः संरचना गरिने

नेपालखबर
बैशाख २७, २०८१ बिहिबार ९:५४, काठमाडौँ

त्रिभुवन विश्वविद्यालयलाई संघीयताको ढाँचाअनुरूप पुनःसंरचना गरिने भएको छ। विश्वविद्यालयका विगतका कार्ययोजना र उपकुलपति प्रा.डा.केशरजङ्ग बरालको सोचपत्रबमोजिम पुनःसंरचनाको गृहकार्य थालिएको हो।

विश्वविद्यालयले क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयलाई थप जिम्मेवार बनाई परीक्षा प्रणालीमा विकेन्द्रीकरणको प्रक्रियालाई अझ सरलीकरण गर्ने निर्णय गरिसकेको छ।

त्रिविका रजिष्ट्रार प्राडा केदारप्रसाद रिजालले विश्वविद्यालयलाई प्रतिस्पर्धी, स्तरीय र विश्वकै महत्वपूर्ण शैक्षिक गन्तव्यको रुपमा विकसित गर्न तत्काल विश्वविद्यालयले भोगिरहेका शैक्षिक, प्रशासनिक, आर्थिक एवं व्यवस्थापकीय समस्याको दिगो र भरपर्दो समाधानका लागि पहल थालिएको बताए।

विश्वविद्यालयको दृष्टिकोण २०३० र उपकुलपतिज्यूको सोचपत्रबीच तादात्म्य कायम गरी विश्वविद्यालयमा नीतिगत एकरुपता सुनिश्चित गर्न त्रिवि सेवा अयोगका पूर्वअध्यक्ष प्रा.डा.लालुप्रसाद पौडेलको संयोजकत्वमा सुझाव समिति पनि गठन गरिएको उनले जानकारी दिए।

विश्वविद्यालयको उपकुलपतिमा गत फागुन १० मा प्रा.डा.बराल र चैत ३० गते शिक्षाध्यक्षमा प्रा.डा.खड्ग केसी र रजिष्ट्रारमा डा. रिजाल नियुक्त भएका हुन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .