समाज


२४ दिनमा आगलागी, डढेलो र चट्याङबाट २७ जनाको मृत्यु, ९० व्यक्ति घाइते

२४ दिनमा आगलागी, डढेलो र चट्याङबाट २७ जनाको मृत्यु, ९० व्यक्ति घाइते

फाइल तस्बिर


नेपालखबर
बैशाख २६, २०८१ बुधबार ७:५०, काठमाडौँ

आगलागी, डढेलो र चट्याङबाट वैशाख महिनाको २४ दिनमा २७ जनाको मृत्यु भएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीनकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ देखि २४ गतेसम्ममा उनीहरूको मृत्यु भएको हो।

आगलागीबाट १८, डढेलोले ६ तथा चट्याङ लागेर ३ जनाले ज्यान गुमाएको तथा ९० जना घाइते भएको प्राधिकरणले बताएको छ।

यसैबीच प्राधिकरणले अग्निपीडित परिवारलाई पनि अस्थायी घर बनाउन आर्थिक सहयोग गर्ने कार्यविधि स्वीकृत गरेको जनाएको छ। यसअघि त्यस्तो सुविधा भूकम्पपीडितका लागि मात्र उपलब्ध थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .