समाज


सिधाकुरा प्रकरणमा तिमिल्सिनालाई सर्वोच्चले पठायो थुनामा

सिधाकुरा प्रकरणमा तिमिल्सिनालाई सर्वोच्चले पठायो थुनामा

नेपालखबर
बैशाख २३, २०८१ आइतबार १८:५६, काठमाडौँ

अनलाइन तथा युट्युब च्यानल सिधाकुरालाई विवादित टेप उपलब्ध गराउने राजकुमार तिमिल्सिनालाई थुनामा पठाइएको छ।

न्यायाधीशद्वय हरि फुयाँल र महेश शर्मा पौडेलको इजलासले इजलासले बयान नसकिएको भन्दै थुनामा पठाउने आदेश गरेको हो।

आज बयान नसकिएकाले भोलि पुनः इजलासमा उपस्थित गराउने गरी तिमिल्सिनालाई प्रहरीको जिम्मा लगाइएको सर्वोच्च अदालतका सहप्रवक्ता गोविन्द घिमिरेले नेपालखबरलाई  जानकारी दिए। 

सर्वोच्च अदालत प्रशासनले प्रतिवेदन उठाएर अघि बढाएको अवहेलनासम्बन्धी मुद्दामा सोही इजलासले सिधाकुराका युवराज कँडेल र नवीन ढुंगानासँग बयान लिइसकेको छ।

कँडेलले उक्त विवादित अडिओ ललितपुरका राजकुमार तिमिल्सिनाले उपलब्ध गराएको बयान दिएपछि सर्वोच्चले तिमिल्सिनालाई समेत बयानमा बोलाएको थियो।

कँडेल र ढुंगानालाई पनि भोलि (सोमबार) उपस्थित हुने गरी तारिख दिइएको छ।

‘द डार्क फाइल’ शृंखलाअन्तर्गत प्रसारित अडिओ र त्यसका आधारमा उत्पादित अन्य सामग्री विवादित भएपछि सर्वोच्चले सिधाकुरा टिममाथि कारबाही अघि बढाएको थियो।

सर्वोच्चले ती विवादित सामग्री २४ घण्टाभित्र हटाउन भनेको थियो। सिधाकुरा टिमले भने त्यसअघि नै युट्युबबाट सामग्री हटाइसकेको थियो। 
यस्तै उक्त अडिओबारे फौजदारी कसुरमा कारबाही अघि बढाएर १५ दिनभित्र प्रगति प्रतिवेदन दिन पनि सर्वोच्चले प्रहरी महानिरीक्षकका नाममा आदेश जारी गरिसकेको छ। 

नेपाल पत्रकार महासंघलगायत  सञ्चार सम्बद्ध संस्थाहरूले भने सर्वोच्चको यो आदेश प्रेस स्वतन्त्रतामा हस्तक्षेप भनी विरोध जनाएका छन्।

यसैबीच, सिधाकुरा टिमविरुद्ध सर्वोच्च अदालतमा अर्को मुद्दा पनि अघि बढेको छ।

अधिवक्ता अधिवक्ता अनुपम भट्टराईले दायर गरेको अदालतको अवहेलनासम्बन्धी थप मुद्दा पनि सर्वोच्चले अघि बढाएको हो। उक्त मुद्दामा आइतबार सुनुवाइ भने हुन सकेन।

हेर्नुहोस् सर्वोच्चको आदेश-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .