समाज


२० वर्षअघि व्यक्ति हत्या गरेर फरार पूर्वसैनिक पक्राउ

२० वर्षअघि व्यक्ति हत्या गरेर फरार पूर्वसैनिक पक्राउ

नेपालखबर
बैशाख २३, २०८१ आइतबार १७:५७, काठमाडौँ

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले २० वर्षअघि भएको एक हत्या घटनाका आरोपीलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा तत्काल श्री नं. ७ बाहिनी स्थित अड्डा चनवन, मकवानपुरमा कार्यरत नेपाली सेनाका शंकर आले रहेका छन्।

मिति २०६१ कात्तिक २९ गते बेलुका मकवानपुरको साविक चित्लाङ् गाविस ३ स्थित कच्ची सडकमा सोही जिल्लाको मार्खु गाविस ४ बस्ने पूर्णबहादुर विष्टलाई व्यक्तिगत रिसिइवीका कारण आले समेतका व्यक्तिहरूले मरणासन्न हुने गरी कुटपिट गरेका थिए।

भोलिपल्ट २०६१ कात्तिक ३० गते मार्खु र चित्लाङ भन्ने स्थानहरूको दोसाधमा पर्ने काल्सिङ् खोलामा पूर्ण बहादुर विष्टको शव फेला परेको थियो।

सो सम्बन्धी कर्तव्यज्यान मुद्दामा मकवानपुर जिल्ला अदालतको मिति २०७२ वैशाख २३ गतेको फैसलाले शंकर आलेलाई साविक मुलुकी ऐन ज्यान सम्बन्धी महलको १३ (३) बमोजिम जन्म कैद हुने ठहर भएको प्रहरीले जनाएको छ।

हालसम्म फरार रहेका आलेलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलिले आज (वैशाख २३ गते) नवलपरासीको देवचुली नगरपालिका–३, प्रगतिनगरबाट पक्राउ गरेको हो।

उनीविरुद्ध फैसला कार्यान्वयनका लागि चितवन जिल्ला अदालतमा पेश गरेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .