समाज


चितवनमा स्कुटरको ठक्करबाट २९ वर्षीया युवतीको मृत्यु

चितवनमा स्कुटरको ठक्करबाट २९ वर्षीया युवतीको मृत्यु

नेपालखबर
बैशाख २३, २०८१ आइतबार १४:२२, चितवन

चितवनको भरतपुरमा स्कुटरको ठक्करबाट एक युवतीको मृत्यु भएको छ।

भरतपुर महानगरपालिका-१२ वसन्तचोकमा भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको ना.२८ प ७०१२ नम्बरको स्कुटरको ठक्करबाट भरतपुर-११ जागृतीटोलकी २९ वर्षीया प्रिती कुमालको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको भरतपुरको सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका अर्का एक पैदलयात्रीको भरतपुर अस्पतालमै उपचार भइरहेको छ। दुर्घटनामा संलग्न स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .