समाज


गैरकानुनी बाटोबाट रोजगारीका लागि किर्गिस्तान नजान दूतावासको आग्रह

गैरकानुनी बाटोबाट रोजगारीका लागि किर्गिस्तान नजान दूतावासको आग्रह

नेपालखबर
बैशाख १९, २०८१ बुधबार ७:२४, काठमाडौँ

इस्लामावादस्थित नेपाली राजदूतावासले गैरकानुनी रुपमा रोजगारीको लागि किर्गिस्तानमा नजान आग्रह गरेको छ।

आकर्षक रोजगारीको प्रलोभन देखाएर केही समययता धेरै नेपाली रोजगारीको लागि किर्गीस्थान दाँदा ठगिएका तथा त्यहाँ पुगेकाहरू अलपत्र परेका जनाउँदै दूतावासले वैदेशिक रोजगारीका निम्ति कानुनी बाटोमात्र प्रयोग गर्न सम्बद्ध सबैमा अनुरोध गरेको हो। 

दूतावासले ठगीमा परेकामध्ये केहीलाई किर्गीस्तानको बाटो प्रयोग गरी अन्य मुलुकमा पठाउने आश्वासन दिइएको जानकारी प्राप्त भएको जनाएको छ।

दूतावासले अलपत्र परेकामध्ये केहीलाई उद्धार गरी नेपाल फर्काइएको, केही फर्कने क्रममा रहेका तर त्यहाँ नेपाली पुग्ने क्रम नरोकिएकामा चिन्ता व्यक्त गरेको छ।

दूतावासले मङ्गलबार जारी गरेको सूचनामा भनिएको छ, ‘नेपालीलाई आकर्षक रोजगारीको प्रलोभन देखाई ठगी गर्ने र अलपत्र पार्ने काममा संलग्नहरूमा केही नेपाली र केही विदेशीसमेत रहेका जानकारी प्राप्त भएको छ । यसरी गलत प्रलोभनमा नेपाली नागरिकलाई विदेश पुर्याएर अलपत्र पार्ने  गैरकानुनी काममा संलग्न हुने व्यक्ति-समूहले प्रचलित कानुनको सामना गर्नुपर्ने हुन्छ । ठगी गर्ने गिरोहको प्रलोभनमा नफस्न र वैदेशिक रोजगारीमा जानका लागि नेपाल सरकारले व्यवस्था गरेको स्थापित र कानुनी बाटोमात्र प्रयोग गर्नुहुन सम्बन्धित सबैमा हार्दिक अनुरोध छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .