विशेष अदालतले पूर्वसचिव भीमप्रसाद उपाध्यायसँग ५० हजार रुपैयाँ धरौटी माग गरेको छ।
मेलम्ची खानेपानी आयोजनामा अनियमितता सम्बनधी मुद्दामा विशेषले उपाध्यायसँग धरौटी रकम माग गरेको हो।
उपाध्याय आइतबार अदालतमा उपस्थित भएका थिए।
खानेपानी मन्त्रालयका पूर्वसचिव उपाध्याय मेलम्ची खानेपानी विकास समिति बोर्डको तत्कालीन अध्यक्ष हुन्।
गत ६ फागुनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन जना पूर्वसचिवसमेत १७ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको थियो। उपाध्यायविरुद्ध चार करोड ११ लाख बिगो कायम गर्दै मुद्दा दायर भएको हो।
मेलम्चीमा झन्डै सात अर्ब रुपैयाँ अनियमितता भएको अख्तियारको दाबी छ।
240
Shares
प्रतिक्रिया