समाज


इलाम र बझाङको मतदान हुने क्षेत्रमा पनि आज सार्वजनिक सवारी साधन चल्ने

इलाम र बझाङको मतदान हुने क्षेत्रमा पनि आज सार्वजनिक सवारी साधन चल्ने

फाइल तस्बिर


नेपालखबर
बैशाख १५, २०८१ शनिबार ७:२९, काठमाडौँ

उपनिर्वाचन हुन लागेको इलाम क्षेत्र नम्बर २ र बझाङको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ (क) मा आज सार्वजनिक सवारी साधन सञ्चालन गर्न दिने निर्णय निर्वाचन आयोगले गरेको छ। 

आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेका अनुसार गृह मन्त्रालयमार्फत् सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई सार्वजनिक सवारी साधन चलाउन दिन निर्देशन गरिएको छ। 

यसअघिका निर्वाचनमा भने अत्यावश्यक सेवा र पास जारी भएका सवारी मात्रै निर्वाचन हुने दिन सञ्चालन गर्न दिइन्थ्यो। 

तर, उपनिर्वाचनमा भने मतदाताको सहज आवागमनका लागि सुरक्षालाई ध्यानमा राख्दै सार्वजनिक सवारी चलाउन दिने निर्णय भएको आयोगले जनाएको छ।

त्यसैगरी आयोगले बिरामी बोकेको एम्बुलेन्स, खानेपानी र दूध बोक्ने गाडी, दमकल, परिचयपत्र वाहक सञ्चारकर्मी र स्वास्थ्यकर्मी, दुरसञ्चार तथा केबल सेवा, शव वाहनलाई निर्वाध रूपमा सञ्चालनको अनुमति दिएको छ। 

आयोगबाट जारी परिचयपत्र वाहक पर्यवेक्षक, अनुगमनकर्ता, फोहोर व्यवस्थापनमा प्रयोग हुने सवारीसाधन, तरकारी, फलफूल तथा विद्युत् सेवा, कूटनीतिक नियोग, संयुक्त राष्ट्रसङ्घीय निकाय तथा द्विपक्षीय तथा बहुपक्षीय विकास साझेदार संस्थामा कार्यरत पदाधिकारी तथा कर्मचारीले प्रयोग गर्ने नीलो नम्बर प्लेट भएका सवारी साधन, विदेशी पर्यटक मात्र बोकेको हरियो नम्बर प्लेट भएका सवारी साधन, सुरक्षाकर्मी, आफु खटिएको मतदान केन्द्रसम्म जान र मतदान केन्द्रबाट फर्किनको लागि मतदानमा खटिएका कर्मचारी तथा स्वयंसेवकले प्रयोग गर्ने सवारी साधनलाई सञ्चालनको अनुमति दिइएको आयोगले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .