ad ad

समाज


काठमाडौँ-तराई द्रुतमार्गको प्रगति ३३ प्रतिशत, प्रधानसेनापति भन्छन्- आत्मबल दिऊँ, शंका नगरौँ

काठमाडौँ-तराई द्रुतमार्गको प्रगति ३३ प्रतिशत, प्रधानसेनापति भन्छन्- आत्मबल दिऊँ, शंका नगरौँ

संसदको राज्य व्यवस्था समितिसमक्ष प्रधानसेनापति प्रभुराम शर्मा द्रुतमार्ग निर्माणको प्रगतिबारे जानकारी दिँदै


नेपालखबर
बैशाख ७, २०८१ शुक्रबार २०:४४, काठमाडौँ

रक्षा मन्त्री हरिप्रसाद उप्रेतीले नेपाली सेनालाई जिम्मेवारी सुम्पिएको काठमाडौँ–तराई द्रुतमार्गसहित चारवटै उत्तर-दक्षिण रणनीतिक सडकको निर्माणमा विनियोजित बजेटअनुरुप शत प्रतिशत नै लक्ष्य हासिल भइरहेको दाबी गरेका छन्।

प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको शुक्रबारको बैठकमा प्रधानसेनापति प्रभुराम शर्माले यो जनाकारी दिएका हुन्।

उनले सेनाको व्यवस्थापनमा निर्माणाधीन आयोजना काबुबाहिरको परिस्थितिबाहेक निर्धारित समय र तोकिएको बजेटको सीमाभित्र पूरा गर्ने दृढता पनि व्यक्त गरे। उनले भने, ‘केही विधि र प्रक्रियाको कारणबाहेक पूर्वनिर्धारित लक्ष्यअनुरूप नै प्रगति हासिल भाएको छ, काबुबाहिरको परिस्थितिबाहेक आयोजना समयमै पूरा हुन्छ। प्रेरणा दिने र आत्मबल बढाउने काम गरौँ, शंका नगरौँ।’

पुल र सुरुङ निर्माणलाई गुणस्तरीय तुल्याउन सेना अहोरात्र खटिएको बताउँदै प्रधानसेनापति शर्माले हालसम्म विनियोजित बजेटअनुरूप काम गर्न सफल भएकाले तोकिएको समयसीमाभित्र पूरा हुनेमा विश्वस्त रहेको बताए। करिब ७१ किलोमिटर दूरीको काठमाडौँ–तराई द्रूतमार्ग (फास्ट ट्रयाक)मा हालसम्म ३३ प्रतिशत भौतिक प्रगति हासिल भएको जानकारी उनले दिए।

निर्माणलाई १३ समूहमा विभिजन गरी आयोजना अघि बढाइएकामा प्रस्थान विन्दु क्षेत्र खोकनाबाहेक अरू क्षेत्रको काम भकाभक अघि बढिरहेको जानकारी समितिमा दिइएको थियो। त्यस मार्गमा बनाइनुपर्ने ६ वटा सुरुङमध्ये ३ वटाको निर्माण समग्रमा ७६ प्रतिशत प्रगति हासिल भएको, हालसम्म ३० हजार ५९१ रुख कटान गरिएको, एक रुख बराबर २५ का दरले ५ लाखब बिरुवा रोपेर हुर्काउने कामसमेत भइरहेको सेनाको भनाइ छ।

सेनाका अनुसार, केही रुख कटान, केही जग्गा अधिग्रहण, मुआब्जा वितरण लगायतका समस्या भने सुल्झाउन बाँकी नै रहेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .