समाज


काठमाडौंको ठमेल र दरबारमार्ग बजार क्षेत्र चौबीसै घण्टा खुलाउने तयारी

काठमाडौंको ठमेल र दरबारमार्ग बजार क्षेत्र चौबीसै घण्टा खुलाउने तयारी

फाइल तस्बिर


नेपालखबर
चैत ७, २०८० बुधबार १६:१०, काठमाडौँ

काठमाडौंको ठमेल र दरबारमार्ग बजार क्षेत्र अब चौबीसै घण्टा खुलाउने तयारी भएको छ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पनि चासो देखाएपछि यी दुई पर्यटकीय क्षेत्र चौबीसै घण्टा खुलाउने तयारी भएको हो। 

यसका लागि सुरक्षा र अन्य व्यवस्थापनको जिम्मेवारी जिल्ला प्रशासन कार्यालय काठमाडौंले गर्ने भएको छ।

जिल्ला सुरक्षा समितिले त्यहीअनुसार योजना बनाएर लागु गर्ने तयारी गरेको छ।

‘आन्तरिक तयारी सुरु भइसक्यो। ढिलोमा नयाँ वर्ष (वैशाख १) भित्रै खुला हुन्छ', काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले भने, ‘सुरक्षाको पूर्ण प्रत्याभूति हुन्छ। बजार खुलेपछि आउने समस्या र प्रतिक्रियाका आधारमा थप योजना बनाएर कार्यान्वयन गर्छौँ।' 

ठमेल र दरबारमार्गको अनुभवका आधारमा अन्य पर्यटकीय क्षेत्रलाई पनि क्रमशः चौबीसै घण्टा सञ्चालन गर्ने गृह मन्त्रालयको योजना छ।

त्यहीअनुसार स्थानीय प्रशासनसँग समन्वय भइरहेको उपप्रधान एवम् गृहमन्त्रीको सचिवालयले जनाएको छ।

हाल दुवै क्षेत्रमा प्रकृतिअनुसार चार समूहमा व्यवसाय गर्ने गरी समय निर्धारण गरिएको स्थानीय प्रशासनले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .