ad ad

समाज


मन्त्री किरातीले प्राधिकरणका कर्मचारीलाई भने : निगम बचाउन ग्राउन्ड ह्यान्डलिङ चाहिन्छ

मन्त्री किरातीले प्राधिकरणका कर्मचारीलाई भने : निगम बचाउन ग्राउन्ड ह्यान्डलिङ चाहिन्छ

नेपालखबर
पुस १५, २०८० आइतबार १८:२३, काठमाडौँ

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले देशलाई वायुसेवा निगम चाहिने बताएका छन्।

राष्ट्रिय ध्वजावाहक बचाउन पनि ग्राउण्ड ह्याण्डलिङको काम निगमले नै गर्नुपर्ने पनि उनले बताए। 

निगमको ग्राउण्ड ह्याण्डलिङबारे अनावश्यक विवाद झिकेर कोकोहोलो नमच्चाउन उनले कर्मचारीहरूलाई चेतावनी दिए। 

नेपाल नागरिक उड्डयन प्राधिकरणको २५औँ वार्षिकोत्सव समारोहलाई काठमाडौंमा सम्बोधन गर्दै किरातीले निगमलाई ग्राउन्ड ह्यान्डलिङ सुविधा चाहिने बताएका हुन्। 

‘यहाँ वायुसेवा निगमबारे बिनाप्रसंग बढी किन कुराहरू उठ्छन्? के तपाईंहरू नीति निर्माता हो? जानुहोस् आन्दोलन गर्नुस्। प्रधानमन्त्रीसँग डेलिगेसन जानुस्, अनुमति लिएर आउनुस्’, उनले भने। 

वायुसेवा निगम राख्ने कि नराख्ने कुरा सरकारको निर्णयमा निर्भर हुने उनले बताए। 

‘यसमा त अझै राष्ट्रिय सहमतिको कुरा छ। पटक–पटक तपाईंहरू किन वायुसेवा निगमको कुरा उठाउनुहुन्छ यहाँ? हो त्यो सच्चिनुपर्छ, सुधार्नुपर्छ, विकास गर्नुपर्छ, हामीलाई पनि थाहा छ, वायुसेवा निगमले ग्राउण्ड ह्याण्डलिङ लिने कि नलिने भन्ने प्रश्नमा किन तपाईहरू ठूलो-ठूलो धुवाँ उडाउनुहुन्छ? कोकोहोलो गर्नुहुन्छ? आजदेखि बन्द गर्नुस्’, उनले सम्बोधनका क्रममा भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .