ad ad

राजनीति


प्रधानमन्त्रीलाई सभामुखले भने– कति चरण बसेर हुन्छ, भोलि ११ बजेसम्म सहमति गर्नुस्

प्रधानमन्त्रीलाई सभामुखले भने– कति चरण बसेर हुन्छ, भोलि ११ बजेसम्म सहमति गर्नुस्

फाइल तस्बिर


नेपालखबर
जेठ ५, २०८१ शनिबार १८:१६, काठमाडौँ

सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर प्रमुख प्रतिपक्षी दलसँग संवाद गरेर चाँडोभन्दा चाँडो सहमतिमा पुग्न आग्रह गरेका छन्। 

शनिबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर सभामुख घिमिरेले भोलि (आइतबार) बिहान ११ बजेको बैठकअघि नै सहमतिमा पुग्न प्रधानमन्त्रीलाई भनेका हुन्। 

भेटमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि सहभागी थिए।

सभामुख घिमिरेको सचिवालयका अनुसार, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग कति चरणमा बसेर हुन्छ सहमति गर्नुपर्ने आवश्यकता रहेको बताएका घिमिरेले बताएका छन्। 

‘प्रमुख विपक्षी दलसँग कति चरण बसेर हुन्छ सहमति गर्नुहोस्। म निर्वाध र सौहार्दपूर्ण ढंगबाट संसद सञ्चालन होस् भन्ने चाहन्छु,’ सभामुखले प्रधानमन्त्रीसमक्ष राखेको आग्रह उदृत गर्दै उनको सचिवालयले भनेको छ, ‘जति बल गरेर संसद चलाए पनि एक क्षणमा त सहमति गर्नैपर्छ। पछि होइन, अहिल्यै सहमति गर्नुहोस्। भोलि बिहान ११ बजे अघि नै सहमतिमा पुग्नुहोस्।’

साथै, उनले संसद्मा प्रस्तुत भएको नीति तथा कार्यक्रम पास गर्न, प्रधानमन्त्रीले विश्वासको मत लिन र बजेट प्रस्ततु गर्ने लगायतका महत्त्वपूर्ण कार्यका लागि असमझदारीकाबीच गर्दा राम्रो सन्देश नजाने बताएका छन्। 

‘सार्वजनिक सञ्चार माध्यममा आएजस्तो अध्यादेशबाट बजेट ल्याउने परिकल्पना संविधानले गरेको छैन,’ सभामुख घिमिरेले भने, ‘अध्यादेशबाट बजेट ल्याउने, कानून ल्याउने हो भने संसद र जनप्रतिनिधिको महत्व घटेर जान्छ।’

प्रधानमन्त्री प्रचण्डले पुनः कांग्रेससँग बसेर सहमति गर्ने सभामुखसमक्ष बताएका थिए। उनले आजै गृहमन्त्रीसहितको सत्तापक्षको बैठक बस्ने पनि जानकारी दिएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .