राजनीति


कांग्रेस संसदीय दलको बैठकमा गृहमन्त्री लामिछाने मुछिएको अभियोगपत्र वितरण

कांग्रेस संसदीय दलको बैठकमा गृहमन्त्री लामिछाने मुछिएको अभियोगपत्र वितरण

फाइल तस्बिर


नेपालखबर
बैशाख २८, २०८१ शुक्रबार ११:६, काठमाडौँ

नेपाली कांग्रेसको संसदीय दलको बैठकमा रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालयले तयार पारेको अभियोगपत्र वितरण गरिएको छ। 

कांग्रेस संसदीय दलको बैठक अहिले जारी छ। बैठकमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सांसदहरूलाई वितरण गरेका हुन्। 

जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालत रुपन्देहीमा मुद्दा दर्ता गर्दा तयार पारेको उक्त अभियोगपत्रमा रास्वपाका सभापतिसमेत रहेका गृहमन्त्री रवि लामिछानेले समेत मुछिएको छ। 

बैठकमा आज सुरु हुने बजेट अधिवेशनमा पार्टीले खेल्ने भूमिका र संसद्‌मा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल भइरहेको नेताहरूले बताएका छन्।

प्रमुख प्रतिपक्षी कांग्रेसले सहकारी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेका विषयमा संसदीय छानबिन समिति गठन हुनुपर्ने माग राखेर यअसघि संसद् बैठक अवरुद्ध गरिरहेको छ। 

यसअघि गृहमन्त्री लामिछानेलाई संसद्‌मा बोल्नसमेत नदिएको कांग्रेसले अबदेखि बोल्न दिने तर संसदीय छानबिन समिति गठन हुनुपर्ने माग यथावत् राख्ने तयारी गरेको छ। उक्त समिति नबन्दासम्म सदन चल्न नदिने अडान उसले राखेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .