राजनीति


कांग्रेस संसदीय दलको बैठक आज

कांग्रेस संसदीय दलको बैठक आज

फाइल तस्बिर


नेपालखबर
बैशाख २७, २०८१ बिहिबार ८:२३, काठमाडौँ

नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ। बैठक दिउँसो २ बजे संसद् भवनको ल्होत्से हलमा बस्ने कांग्रेसले जनाएको छ।

आजको बैठकमा शुक्रबारदेखि शुरु हुने बजेट अधिवेशनमा पार्टीले खेल्ने भूमिकाको विषयमा छलफल गर्ने कांग्रेसको तयारी छ। 

कांग्रेसले सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग उठाउँदै आएको छ। 

यस प्रकरणमा संसदको हिउँदे अधिवेशनमा पनि कांग्रेसले लगातार विरोध जनाएको थियो। वर्खे अधिवेशनमा पनि कांग्रेसले यो माग जोडदार रुपमा उठाउने तयारी गरिरहेको छ। 

कांग्रेसले आफूहरुले उठाएका विषयवस्तुप्रति सरकारले बेवास्ता गरिरहेको आरोप लगाउँदै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .