राजनीति


राप्रपा सांसद गीता बस्नेतलाई पार्टीको निर्देशनः सहकारी प्रकरण छानबिनमा सहयोग गर्नू

राप्रपा सांसद गीता बस्नेतलाई पार्टीको निर्देशनः सहकारी प्रकरण छानबिनमा सहयोग गर्नू

सांसद गीता बस्नेत


नेपालखबर
बैशाख २१, २०८१ शुक्रबार ८:८, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीले सहकारीको रकम अपचलन आरोप लागेकी आफ्ना सांसद गीता बस्नेतबारे निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेको छ। 

साथै राप्रपाले प्रतिनिधि सभा सदस्य बस्नेतलाई छानबिनमा सहयोग गर्न निर्देशन पनि दिएको छ। 

बिहीबार राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि पार्टी प्रवक्ता मोहनकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा आफ्ना सांसद बस्नेतका साथै सहकारी ठगी प्रकरणमा संलग्न अन्य व्यक्तिबारे पनि छानबिन गर्न सरकारसँग माग गरिएको छ। 

‘राप्रपाकी प्रतिनिधिसभा सदस्य माननीय गीता बस्नेतको कम्पनीबाट सहकारीको रकम अपचलन भएको भन्ने विषय सञ्चारमाध्यममा सार्वजनिक भएकोमा सो सम्बन्धी छानबिनमा सघाउ पुर्‍याउन मा. गीता बस्नेतलाई निर्देशन दिइएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘साथै उक्त घटनाका विषयमा नेपाल सरकारको जिम्मेवार निकायबाट निष्पक्ष छानबिन गर्न र सहकारीको रकम अपचलनसम्बन्धी त्यस्तै प्रकारका घटनामा संलग्न अन्य व्यक्तिहरूमाथि पनि स्वतन्त्र छानबिन गर्न राप्रपा सरकारसँग माग गर्दछ।’

पूर्वी नवलपरासी (नवलपुर) स्थित छिपछिपे सहकारी संस्थाको रकम हिनामिना गरेको आरोप उनलाई लागेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .