राजनीति


प्रचण्ड र देउवाले शान्ति प्रक्रिया टुंग्याउन दिएनन् : ओली

‘गठबन्धन सरकार आफैँ ढल्ने अवस्थामा पुगेको छ’
प्रचण्ड र देउवाले शान्ति प्रक्रिया टुंग्याउन दिएनन् : ओली

नेपालखबर
मंसिर २५, २०८० सोमबार १९:२४, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका कारण शान्ति प्रक्रिया नटुंगिएको बताएका छन्। 

झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिको लागि संकल्प यात्राको क्रममा सोमबार साँझ दोलखाको चरिकोटमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सो कुरा बताएका हुन्।

पीडितको न्यायको पक्षमा शान्ति प्रक्रिया टुङ्ग्याउनु पर्छ भन्ने पक्षमा आफ्नो पार्टी रहेको पनि उनले बताए।

‘प्रचण्डजी र शेरबहादुरले शान्ति प्रक्रिया टुङ्गाउन दिनुभएन’, ओलीले भने। 

साथै, उनले वर्तमान सरकारलाई कसैले ढाल्न नपर्ने र ढल्ने क्रममा रहेको पनि दाबी गरे। ओलीले नेकपा एमालेको लक्ष सरकारमा गइहाल्ने नभएको भए पनि वर्तमान सरकार आफ्नै कारणले ढल्ने अवस्थामा पुगेको ओलीले बताए। 

देशले अब यो सरकारको गतिविधि थेग्न नसक्ने उनको भनाइ छ। ‘यो सरकार कसैले ढाल्ने नपर्ने, आफैँ ढल्ने स्थितिमा पुगेको छ’, ओलीले भने।

गौरीशंकरको काखमा रहेको कालिञ्चोक भगवती र दोलखा भीमसेनको आसिरवाद प्राप्त दोलखा धार्मिक र प्राकृतिक हिसाबले भरपुर रहेको पनि ओलीले बताए।

एमालेको यात्राको क्रममा बालबालिका सहभागितालाई लिएर बालबालिकाको प्रयोग गरिएको भनि गरिएको प्रचारको ओलीले कार्यक्रममा आलोचना गरे। 

एमालेले सुरु गरेको यो अभियान राष्ट्रिय उत्सवको अभियान भएको कारण त्यसमा बालबालिकाले सहभागिता जनाउनु स्वाभाविक भएको ओलीले बताए। 

नेकपा एमाले एउटा राष्ट्रिय लक्ष लिएर अघि बढेकोले त्यसमा बालकदेखि वृद्धसम्मको सहभागिता रहेको ओलीले प्रष्ट पारे।

ओलीले आज युवालाई देशमा अड्याउनै नसक्ने अवस्थामा रहेको बताए। 

अर्काको दरबार देखेर धनी नहुने बताउँदै ओलीले युवालाई देशमा नै राखेर आफ्नो घर राम्रो बनाउने वातावरण बनाउनुपर्ने उनले बताए। 

विभिन्न व्यवसाय स सञ्चालन गरेर युवाहरू देश निर्माणको अभियानमा लाग्नु पर्नेमा उनले जोड दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .