राष्ट्रिय प्रजातन्त्र पार्टीले मंगलबार गरेको जनप्रदर्शनमा प्रहरीले बल प्रयोग गरेको छ।
मंगलबार निषेधित क्षेत्र घोषित सिंहदरबारअगाडिको भद्रकाली क्षेत्रमा प्रदर्शनकारी पुगेपछि अवस्था तनावग्रस्त भएको हो।
यस पटक प्रहरीले प्रदर्शनकारीमाथि पानीको फोहोरा प्रयोग गर्यो। बालकुमारीमा प्रहरीको गोली लागेर दुईजनाको ज्यान गएसँगै प्रहरीले बल प्रयोगका लागि पानीको सहारा लिएको हो।
भद्रकाली क्षेत्रमा प्रदर्शनमा उत्रिएकाहरूमाथि प्रहरीले पानीको फोहोरा बर्साउँदा अवस्था तनावपूर्ण भएको थियो।
प्रहरीले पानीको फोहोरा हान्दै गर्दा केही प्रदर्शनकारी सडकको अस्थायी डिभाइडर बोकेर दौडिरहेका देखिए।
ढुंगा र इँटा हानेका प्रदर्शनकारीले सडकको डिभाइडर टिपेर त्यसलाई पनि प्रहरीतिर झट्टी हाने।
प्रदर्शनमा सहभागी एकजना प्रदर्शनकारी पानीको फोहोराको सामना गर्दै डिभाइडर टिपिरहेको देखिए।
पानीको फोहोरा लागेर ढले पनि उनले डिभाइर टिप्न सफल भए। पातलो ज्यानका ती प्रदर्शनकारी पानीको फोहोराका कारण सडकमै पछारिएका थिए।
तर अन्तत: उनले डिभाइडर टिपेर लैजान सफल भए।
Shares
प्रतिक्रिया