हङकङमा ११ महिनापछि बढ्यो ‘सेकेन्ड ह्यान्ड’ घरको मूल्य

हङकङमा ११ महिनापछि बढ्यो ‘सेकेन्ड ह्यान्ड’ घरको मूल्य

सरकारी तथ्यांकअनुसार हङकङमा सम्पत्ति बिक्री पछिल्लो ११ महिनाको उच्चमा पुगेको छ (एससीएमपी)


नेपालखबर
बैशाख १४, २०८१ शुक्रबार १७:५४, हङकङ

हङकङमा सेकेन्ड ह्यान्ड घरको मूल्य ११ महिनापछि पहिलो पटक बढेको छ।

फेब्रुअरीमा सम्पत्तिसम्बन्धी लचिलोपना अपनाइएपछिको यो पहिलो वृद्धि भएको रेटिङ एन्ड भ्यालुएसन डिपार्टमेन्ट (आरभीडी)ले जनाएको छ।

आरभीडीका अनुसार सूचकांक अघिल्लो महिनाको ३०२.५ बाट बढेर ३०५.७ मा पुगेको छ।

सम्पत्तिसम्बन्धी प्रतिबन्ध फिर्ता लिएपछि बजारको अवस्था परिवर्तन भएको रिकाकोर्प प्रोपर्टिजका अनुसन्धान प्रमुख डेरेक चान बताउँछन्।

‘विभिन्न प्रकारका प्रयोगकर्ता र लगानीकर्ताहरू सक्रिय रूपमा बजारमा प्रवेश गरेका छन्,’ चान भन्छन्।

अप्रिलमा अर्को १ प्रतिशतले वृद्धि, मेमा १.२ र जुनमा १.५ प्रतिशतले वृद्धि हुने सम्भावना रहेको उनी देख्छन्।

भ्यालुएसन एन्ड एडभाइजरी सर्भिसका प्रमुख हन्ना जियोङ पनि सम्पत्तिसम्बन्धी प्रतिबन्धको फुकुवाले आवास बजारलाई ब्युँताउन थालेको बताउँछन्।

‘यूएस फेडरल रिजर्भको ब्याजदर कटौतीमा ढिलाइ भए पनि लचिलोपना अपनाइँदा आवासीय बजारलाई पुनर्जीवित गर्दैछ,’ उनी भन्छन्।

उनी आगामी महिनामा ब्याजदर पनि कटौती हुने अपेक्षा राख्छन्। तर, यदि त्यसो नभएमा घरको मूल्य अझै पनि वर्षको अन्त्यसम्ममा १० प्रतिशतले घट्न सक्ने उनको आँकलन छ।

फेब्रुअरीमा आवासीय सम्पत्तिको मूल्य लागातार १०औँ महिनामा साढे सात वर्षको न्यूनस्तरमा झरेको थियो।

फेब्रुअरीमै वित्तीय सचिव पल चानले सम्पत्ति लेनदेनका प्रतिबन्धको खारेजी गरेका थिए। जसमा गैरस्थायी बासिन्दा लक्षित स्ट्याम्प ड्युटी र दोस्रो पटकका खरिदकर्तालक्षित स्ट्याम्प ड्युटी थिए।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .